बैशाख १०, २०८० आइतबार

लिस्बन, १० वैशआख: पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न ूतेस्रो बाटो रोज्नुू आवश्यक रहेको शनिबार बताउनु भएको छ । 

 'म कसैलाई खुसी पार्न चाहन्न। म दुई (रूस र युक्रेन) लाई वार्ता निम्ति टेबलमा ल्याउने बाटो बनाउन चाहन्छु,' लुलाले  भन्नुभयो। राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पोर्चुगल–ब्राजिल शिखर वार्ताको मुद्दा लिएर पहिलो पटक युरोप भ्रमणमा निस्कनु भएका राष्ट्रपति लुलाले शुक्रबार लिस्बन पुगेर सो टिप्पणी गर्नु भएको हो 

 यी  दुई देशले शिक्षा, न्याय, स्वास्थ्य जस्ता क्षेत्रहरूलाई समेट्दै विभिन्न १३  विषयमा द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संयुक्त घोषणामा, लुला र उनका पोर्तुगाली समकक्ष मार्सेलो रेबेलो डे सुसाले अन्तरराष्ट्रिय कानून, संयुक्त राष्ट्रसंघ बडापत्र र द्वन्द्वको शान्तिपूर्ण समाधानप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिनु भएको छ ।
उक्त घोषणामा पोर्चुगल र ब्राजिलले टर्किए र संयुक्त राष्ट्रसंघद्वारा मध्यस्थता गरिएको ब्ल्याक सी ग्रेन इनिसिएटिभलाई समर्थन गर्ने र जुलाई २०२२ मा रूस र युक्रेनले अनाज र मल निर्यातको लागि समुद्री मानवीय कोरिडोर स्थापना गर्न हस्ताक्षर गरेको  विषय समेटिएका छन् ।