जेठ १२, २०७८ बुधबार

सृष्टि दुलाल

बालकलाकार सृष्टि दुलालद्वारा अभिनित छोटो चलचित्र 'पश्चाताप' सार्वजनिक भएको छ । गाउँले जीवनशैलीको सामाजिक कथाबस्तु बोकेको उक्त चलचित्र ड्रिम भिजन इन्टरनेशनल मिडिया प्रा.लि.ले बजारमा ल्याएको हो ।

कमल दाहालद्वारा निर्देशित छोटो चलचित्र 'पश्चाताप' मा अभिभावकहरू दुर्व्यसनमा फसेपछि बालबालिकाहरूको मनोविज्ञानमा परेको प्रभावलाई चित्रण गर्न खोजिएको छ । यसैगरी अभिभावकको गलत व्यवहारका कारण छोराछोरीले घर, समाज र विद्यालयमा समेत व्यहोर्नुपरेको समस्यालाई चलचित्रमार्फत् देखाउन खोजिएको छ ।

रामबाबु बिकको कथा एवं परिकल्पनामा निर्माण गरिएको चलचित्रलाई सुमन वाग्लेले छायांकन तथा सम्पादन गरेका छन् । यस चलचित्रमा दुलालले लक्ष्मीको भूमिकामा अभिनय गरेकी छिन् । यसअघि दुलालले 'ठूलो माछा' नामक चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् भने उनले अभिनय गरेको सिमानासँग सम्बन्धित अर्को चलचित्र 'नेपाल आमा' हो ।

यसैगरी उनीद्वारा अभिनित छोटा चलचित्रहरूमा 'दशैँ एक सन्देश' र 'एक लाख पचास हजार' रहेका छन् । 'च्वास्स पिरो' र 'ताल न बेताल' चाहिँ दुलालले अभिनय गरेका टेलिसिरियल हुन् ।

भिडियो लिङ्क यहाँ छ-

https://youtu.be/KWLhe0ZT_s8