- शुक्रऋषि चौलागाईं
नेपालगञ्ज, १२ वैशाख: संवाद सामान्यतया वार्तालाप नै हो । एक वा दुईबीच हुने कुराकानीको प्रक्रिया नै संवाद हो । विवादित या सरोकारवाला पक्षलाई समान रुपमा बोल्ने दिइने अवसर पनि संवाद हो । संवाद साझा अर्थ र बुझाइलाई खोतल्ने उद्देश्यका साथ गरिने बातचित हो । समस्या समाधानका लागि गरिने अन्तरक्रिया पनि संवाद हो, जहाँ सम्बन्ध क्रमशः सुधारिँदै जान्छ र एकअर्काप्रतिको विश्वास बढ्दै जान्छ । वास्तवमा संवाद एक भावनात्मक प्रक्रिया हो, जसलाई शब्दमा अथ्र्याउन कठिन हुन्छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अनुसार फरक पृष्ठभूमि, इच्छा, आकाङ्क्षा, आवश्यकता, सिद्धान्त, दृष्टिकोण आदि भएका कारण साह्रै समस्याग्रस्त तर अन्तरनिर्भर दुई वा दुईभन्दा बढी पक्षबीच एकअर्काको दृष्टिकोण खुलस्त र इमान्दारीपूर्वक सुन्ने–सुनाउने र बुझ्ने–बुझाउने र सम्भव भएसम्म सहकार्यका साझा विन्दुको खोजी गर्ने तर सम्भावित फरकल्पना स्वीकार्ने र आदर गर्ने मानसिकताका साथ गरिने निरन्तर अन्तरक्रियात्मक प्रक्रियालाई संवाद भन्न सकिन्छ । संवादमा संलग्न पक्षहरूले एकअर्काको अस्तित्वलाई स्वीकार गरी एकअर्काको विचार र भावनाको सम्मान गर्दै समान हैसियतमा गरिने कुराकानी हो भनेर बुझ्न सकिन्छ ।
विवाद र द्वन्द्व
दुई वा दुईभन्दा बढी व्यक्ति वा समूहबीच स्वाभाविक रुपमा रहने मतभिन्नता नै सामान्यतया विवाद हो । आफ्नो कुराको औचित्य प्रस्ट्याउनुभन्दा पनि अर्काको कुरालाई गलत साबित गर्ने प्रयास गर्नु विवाद हो । फरक मत नस्वीकार्दा उत्पन्न हुने स्थितिलाई पनि विवाद मान्न सकिन्छ । विवादसँग सम्बन्धित व्यक्ति र पक्षले आ–आफ्ना इच्छा, आवश्यकता, मूल्य र मान्यताहरु एकापसमा मेल खाँदैनन् भन्ने विश्वास गर्दछन् ।
विवादलाई स्वाभाविक रुपमा लिइने गरिए पनि यो बढ्दै गएपछि थप जटिलता र विनाश पनि निम्त्याउन सक्छ । विवादका विभिन्न कारणहरु हुन्छन् । विवादका सकारात्मक र नकारात्मक पक्षहरु पनि हुन्छन् ।
यस्तै, द्वन्द्व पनि नेपालमा अत्यधिक सुनिएको शब्द हो । सामान्य भाषामा आपसी मनमुटाव, विमति र विवादलाई पनि द्वन्द्व मानिएको पाइएको छ । विवादको उग्ररुप नै द्वन्द्व हो । दुई वा दुईभन्दा बढी पक्षबीचको असमझदारी, चर्को असहमतिबाट उत्पन्न झैझगडा, असहज परिस्थिति र हिंसालाई द्वन्द्व भनिन्छ ।
विवादको चरण र कारण
विवाद अकस्मात देखिने हैन । विवादका थुपै्र चरणहरु हुन्छन् । ती चरणहरु बढ्दै जाँदा विवाद र त्यसको स्वरुप पनि बढ्दै जाने हुन्छ । सर्वप्रथम कुनै पनि घटना वा विषयमा समस्याहरु देखा पर्छन् । दुई वा बहुव्यक्ति र पक्षबीच आरोप–प्रत्यारोप सुरु हुन्छ । धु्रवीकरण बढ्दै गएर क्रिया–प्रतिक्रिया चल्छ । त्यसपश्चात् एकले अर्कोलाई थप क्षति पु¥याउने प्रयास गर्छन् । अन्तमा सङ्गठित रुपमा धु्रवीकरणको प्रयास हुन्छ । विवादका कारणहरु पनि अनेक हुन सक्छन् । घटना र विषयलाई बुझ्ने सवालमा साझा धारणा नबन्नु नै विवादको कारण हो । विवाद एक कारणले मात्र नहुन सक्छ । मानिसका फरक फरक आवश्यकता र चाहना पूरा नभएकै कारणले विवाद बढिरहेको हुन्छ ।
विवादको प्रमुख कारणमा स्रोत÷साधन र सम्पत्तिमााथिको प्रयोग नै हो । यस्तै, सही र वास्तविक सूचना÷सन्देश एक अर्काबीच नपुग्नु र नपु¥याइनु पनि विवादको अर्को कारण हो । यस्तै, आपसी सम्बन्धको अवस्था, व्यक्तिगत चाहना तथा आवश्यकताहरु, सामाजिक, संस्थागत संरचना वा ढाँचा र मूल्य मान्यताहरुले पनि विवाद बढाउन भूमिका खेलिरहेको हुन्छ । विवादमा संलग्न पक्षहरुका आधारमा पनि विवादको स्वरुप र कारणहरु फरक हुन सक्छन् ।
विवाद ९द्वन्द्व०को विश्लेषण
विवाद आफैँमा नकारात्मक होइन । विवादलाई समयमै सही व्यवस्थापन गर्न सकियो भने यसले सकारात्मक परिणाम पनि ल्याउँछ । विवादको समग्र स्वरुप र कारण पत्ता लगाउने तरिका र प्रक्रियालाई विश्लेषण भन्न सकिन्छ । विवादको कारण, विवादमा संलग्न व्यक्ति, समूह, सरोकारवाला र विवादबाट प्रभावित व्यक्तिहरुको पहिचान गर्न, विवादसँग सम्बन्ध राख्ने पक्ष र विभिन्न व्यक्तिहरुको विवादप्रतिको धारणा, बुझाइ बुझ्न र विवादको गतिशीलता थाहा पाउनका लागि गरिने अध्ययनलाई विवादको विश्लेषण भनिन्छ । विवादित पक्षको हित र अडानलाई पनि विश्लेषण गरिनुपर्छ । विश्लेषणबाट विवादको सूक्ष्म कारण पत्ता लगाउन सकिन्छ ।
विवादको विकसित रुप नै द्वन्द्व हो । द्वन्द्व विभिन्न कारणले हुने भएकाले यो बहुआयामिक र जटिल प्रकृतिको हुन्छ । विवादको सम्बन्धमा यथार्थता बुझ्न, विवाद सिर्जनाको वास्तविक कारण पत्ता लगाउन, विवादका मुख्य पात्र को हुन् रु तिनको पहिचान गर्न, विवाद बढाउन र घटाउन को–को सक्रिय छन् भन्ने पहिचान गर्न, पात्रहरुबीचको सम्बन्ध कस्तो छ, बुभ्mन । विवाद समाधानको मुख्य साँचो कहाँ छ रु पत्ता लगाउन र विवाद समाधान गर्न विभिन्न रणनीति र कार्ययोजना निर्माण गर्न पनि विश्लेषण अनिवार्य मानिन्छ । विवाद विश्लेषणले सम्भावित सम्पूर्ण आङ्कलन र त्यसको समाधानका लागि अपनाउन सकिने उपाय र प्रक्रियाबारे पनि मद्दत पु¥याउँछ ।
संवाद प्रक्रिया
विवादका विभिन्न तत्वहरू व्यक्ति, प्रक्रिया र समस्याहरूलाई मसिनो गरी चिरफार गर्ने विधि नै संवाद प्रक्रिया हो । संवाद प्रक्रियाका लागि सर्वप्रथम छनोट गर्न लागिएको घटना र विषय कत्तिको उपयुक्त छ रु निक्र्यौल गर्न जरुरी छ । संवाद प्रक्रिया अघि बढाउनुपूर्व आम सरोकारको विषय हो कि हैन रु आङ्कलन गर्न जरुरी छ । घटना, विषयको अध्ययन गर्ने, सरोकार पक्षको पहिचान गरी आवश्यकताअनुसार गोप्य ९सेफरेट०, सामूहिक र संयुक्त बैठक÷भेला ९संवाद० का माध्यमबाट निकास खोज्ने प्रक्रियालाई नै संवाद प्रक्रिया मान्न सकिन्छ ।
संवाद प्रक्रियाका लागि केही चरणहरु अपनाइनुपर्ने हुन्छ । जटिल परिस्थितिमा संवादलाई प्रभावकारी बनाउन वा विकल्पको खोजीमा सहयोग गर्न सहजकर्ताको आवश्यकता पर्नसक्छ । घटना र विषयवस्तु संवाद प्रक्रियाका लागि उपयुक्त छ कि छैन भन्ने कुरा संवादकर्ता या सहजकर्ता ९टीम० ले आवश्यकताबोध गर्नु पर्छ । सरोकार पक्षलाई पनि संवादको बोध गराउँदै संवाद प्रक्रियाबारे अवगत गराइनु पर्छ । विषय प्रवेशका लागि आपसी तयारी ९छलफल० अनि प्रारम्भिक सूचना सङ्कलन, पक्षहरुसँग नियमित भेटघाट, अध्ययन विश्लेषण, सवालसँग सम्बन्धित आवश्यक कागजात सङ्कलन, पक्षहरुको छुट्टाछुट्टै पहिचान, पक्षबीच समझदारी या सहमतिका लागि पूर्वतयारी बैठक, संयुक्त बैठक, प्रगति समीक्षा आदि चरणहरु पूरा गरिनु पर्दछ । मुख्यतया परिवेशलाई दृष्टिगत गर्दै विवेकपूर्ण रुपमा संवाद प्रक्रिया बढाइनुपर्ने हुन्छ ।
संवादको आवश्यकता र महत्व
भारतसँग जोडिएको बहुधर्म÷बहुभाषी बसोबास बाँके संवेदनशील जिल्ला हो । जाति, समुदाय, धर्मका नाममा उच्छृङ्खल, अराजक र साम्प्रदायिक सद्भाव भड्काउने गतिविधि पनि हुने गर्दछन् । स–साना सवाल र मुद्दामा पनि उत्ताउलो र अराजक भएको तीतो दृष्टान्त छ । शान्ति, सद्भाव र सुशासनका लागि कसैको एकल पहलले सम्भव पनि छैन । पछिल्लो चरण त्यस्ता खालका घटनाहरु भएका त छैनन् तर सम्भावित द्वन्द्व कायमै रहेको हुनसक्छ ।
पछिल्लो चरण विवाद र द्वन्द्व रुपान्तरणका लागि नागरिकस्तरबाट पनि पहल भएका छन् । जनसरोकारका कतिपय विषय र सवाललाई संवादमार्फत नै निकास खोजिएको छ । खोज्ने प्रयास गरिएको छ । बहुसरोकार, जटिल र संवेदनशील सवाल पनि संवादको माध्यमबाट हल गरिएका उदाहरणहरु छन् । नेपालगञ्जको भेरी अस्पताल परिसरको सटर विस्थापन, नरैनापुरमा विद्युतीकरण विस्तार, मनिकापुर गायत्रीनगरको बस्ती व्यवस्थापन आदि संवादकै माध्यमबाट सहज बनाइएको हो ।
संवादको उद्देश्य एकापसमा कुराकानी गर्नुमात्र होइन । व्यक्तिको सोच र उनीहरूबीचका सम्बन्ध खुल्दै गएर सामूहिक समन्वयबाट वास्तविक स्वतन्त्रताको अनुभूति गर्नु पनि हो । समाजमा भाइचाराको सम्बन्ध स्थापना गर्न, विवादित तथा द्वन्द्वरत पक्षलाई द्वन्द्वको परिणाम सार्वजनिक हितमा लगाउन प्रेरित गर्न, शक्ति केन्द्रका बीचमा सन्तुलन कायम गर्न र नागरिकलाई आत्मसम्मानको अनुभूति दिलाउने परिवेश निर्माण गर्नका लागि पनि संवादको आवश्यकता पर्छ ।
संवाद प्रक्रियाबाट सवाललाई सम्बोधन गर्ने मात्र नभई यसले संवादको संस्कृति निर्माणलाई जोड दिएको छ । अलगअलग धर्म, समुदायका नागरिकहरुबीचमा पनि संवाद गरेर पे्रम, भ्रातृत्व, सहिष्णुता र एकता अभिवृद्धि गर्न÷गराउन सकिन्छ । संवाद शिक्षाले हरेक व्यक्तिलाई सामाजिकमात्र हैन, शान्त र संयम पनि बनाउने गर्दछ । स–साना विवादमा पनि प्रहरी, अदालतसम्म पुग्नुपर्ने बाध्यता संवादबाटै हटाइनुपर्नेछ । संवाद संस्कृतिले सकारात्मक सोच उत्पन्न गराई विकास निर्माणमा लाग्न पनि मद्दत पु¥याउँछ । शान्ति तथा सद्भावका लागि संवादको संस्कृति निर्माण गर्नुपर्छ ।
संवादको आवश्यकता र महत्व बिस्तारै चुलिँदै गएको छ । शान्ति, सुशासन, विकासमा संवादको भूमिका अझै प्रभावकारी हुँदै गएको छ । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाउन, जनताको आवश्यकताअनुसार सेवा प्रवाह गर्न, राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराउन र नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटोछरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभूति दिलाउन पनि संवाद प्रक्रिया र संवाद संस्कृतिको आवश्यकता छ । (लेखक नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं संवाद सहजकर्ता हुनुहुन्छ)