बैशाख १७, २०८० आइतबार

काठमाडौं । गायक प्रविण बेडवालको स्वर रहेको ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि मनोज सुवेदीको शब्दररचना, महेश खड्काको संगीत र महाराज थापाको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो ।

साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना यस गीतमा पाइन्छ ।

गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको छ । भिडियोमा गायक बेडवाल र गीतकार सुवेदीको अभिनय रहेको छ । भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छन् भने मुकेश हुमागाईंको छायांकन र बिनोद बमको सम्पादन रहेको छ ।

गीतमा रमेश सेन्चुरीले अडियो मिक्सिङ्ग गरेका छन् ।