बैशाख १८, २०८० सोमबार

बैशाख १८, काठमाडौं: नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज १३४ औ मजदुर दिवसको अवसरमा शुभकामना दिएका छन ।

सामाजिक संजालमा शुभकामना सन्देश दिदै उनले श्रमिक मजदुर हरुको पहिचान र दिगो उत्थानको निम्ति श्रमिक हरुको हक अधिकार सुनिस्चितता गर्न नेपाल तरुण दल सधैभरी मजदुर साथिहरु सङै हातेमालो गरेर अघि बढ्ने कुरा बताए ।

आफ्नो रगत पसिना र श्रम बेचेर मिहिनेतको कमाइ खाने  श्रमिक पर्वको रुपमा श्रमिक मजदुर दिवस मनाइने कुरा  बताउदै अध्यक्ष गुरुङले विश्वभरिको श्रमिकहरुलाइ एकताको सुत्रमा बाध्न यो दिवस सम्पुर्ण श्रमिकहरुको एकता,विरता र संघर्षको प्रतिकको रुपमा रहेको बताउनुभयो ।

No description available.