जेठ १३, २०७८ बिहिबार

नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा एक साता किराना पसलसमेत खोल्न नदिने निर्णयप्रति असहमति रहेको जनाएको छ।

दैनिकरुपमा खरिद गरि उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई यो निर्णयले प्रतिकूल असर पारेको चेम्बर अफ कमर्सले जनाएको छ। शुक्रबारदेखि एक साताका लागि किराना पसलसमेत सञ्चालन हुन दिइने छैन।

तरकारी, ग्याँस, माछामासुलगायत भने बिहान ९ बजेसम्म खोल्न पाइने छ। चेम्बर अफ कमर्सले किराना पसलहरुमा पानी, ग्याँस, तरकारीलगायत पनि विक्री हुने गरेको भन्दै सामाजिक दुरीलाई व्यवस्थित गरी त्यसलाई सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

कोरोना महामारी बढेसँगै पछिल्लोपटक बैशाख १६ गतेयता काठमाडौं उपत्यकामा निरन्तर निषेधाज्ञा रहेको छ।