बैशाख २७, २०८० बुधबार

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। एउटा खेल त्रिपुरेस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्स सात दोबाटोमा हुनेछ।

त्रिपुरेश्वरस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। जुन खेल ३ बजेबाट सुरु हुनेछ।

यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड भिडनेछन्।