जेठ १५, २०७८ शनिबार

राकेश घिमिरे / त्यो ढुङ्गाको मन परिवर्तन कहिले हुन्छ?
मनमा मायाको उद्धघाटन कहिले हुन्छ?

वारि मेरा ओठहरु पारि तिम्रा ओठहरु
यी दुबै ओठको समिश्रण कहिले हुन्छ?

रङ्गिन रातहरु अनि तिम्रो गुलावि यौवन
सुटुक्क मेरो हातमा बिसर्जन कहिले हुन्छ?

बेरुजु निस्केको रहेछ हाम्रो सम्बन्धको
अब त्यो बेरुजु समपरिक्षण कहिले हुन्छ?

दुरुस्त म जस्तै देखिने एउटा सानो मान्छे
भन्देउ न त्यो पोल्टामा भण्डार कहिले हुन्छ?