जेठ १५, २०७८ शनिबार

सरकारले शिक्षा तथा विज्ञान प्रविधिको विकासका लागि एक खर्ब ८० अर्ब ४ कारोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि सो बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब, बैकल्पिक शिक्षाका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।