बैशाख ३१, २०८० आइतबार

गुरुग्राम, ३१ वैशाख: हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको  छ।

गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । 

‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको  बताइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।