जेठ ९, २०८० मंगलबार

काठमाडौँ, ९ जेठ: सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउ नायक बने । उनले खेलको ३७ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ ।

त्यस्तै समान खेल खेलको सातदोबाटोको २९ अङ्क छ ।