जेठ १८, २०७८ मंगलबार

वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘नेपाः जिगु’ सार्वजनिक भएको छ ।

सुरेन्द्र महर्जन अमरको शब्द रहेको यो गीतमा नेपाल भाषामा रहेको छ र  यो देशभक्ति गीत हो। रामकृष्ण जुजुको प्रस्तुति रहेको गीतमा देश प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ, देशको निमित्त प्राण पनि दिन सक्छु भन्ने जस्ता आसय ब्यक्त गरिएको छ ।

सन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन, कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यको अभिनय रहेको छ ।गीतको भिडियो सम्पादन र छायाँंकन अमर चित्रकारले गरेका हुन् भने निर्देशक सुरेन्द्र तुलाधरको रहेको छ । 

https://youtu.be/pfuYuY0LkAM