जेठ १२, २०८० शुक्रबार

सोल, १२ जेठ (रासस/ एएफपी): एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेको आरोप लागेको छ ।

यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको छ । राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार एक जना उद्दण्ड यात्रीले जबरजस्ती खोलेका विमान कम्पनीले बताएको छ ।

निजले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा विमान रहेका बेला ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो । विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रीलाई अस्पताल भर्ना गरिएको छ ।

मध्यआकाशमा विमानको आपत्कालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समित योनहापले जनाएको छ ।