जेठ १५, २०८० सोमबार

काठमाडौँ, १५ जेठ  :पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को ४५औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

    टानले आफ्नो ४५औँ स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालय मालिगाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त रक्तदानमा २४ जनाले रक्तदान गरेको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले जानकारी दिनुभयो ।

    विगत ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले देशका विभिन्न क्षेत्रमा नयाँ पदमार्ग खोजेर पर्यटन प्रवर्द्धनमा लागेको छ । टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको नयाँ पदमार्ग खोजेर पर्यटन प्रवर्द्धन गरिसकेको छ ।

    यस्तै, टानले पछिल्लो समय विभिन्न स्थानीय तहसँग समन्वय गरेर सो स्थानीय तहको पर्यटन गुरुयोजनासमेत तयार गर्दै आइरहेको छ ।