जेठ २६, २०८० शुक्रबार

बेइजिङ, २६ जेठ, (रासस–एएफपी): प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्दै हुनहुन्छ ।  

बेइजिङले शुक्रबार  जनएअनुसार  चीनले इजरायल–प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो । 

    “राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले जुन १३ देखि १६ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ,“ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले  उल्लेख गर्नु भएको छ ।