जेठ ३१, २०८० बुधबार

काठमाडौँ– साउथ एसियन चेस च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हुने प्रतियोगिता असार ४ गतेसम्म चल्नेछ ।

ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा आयोजना हुने च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा हरेक देशबाट महिला र पुरुष गरी दश–दश खेलाडी रहने छन् । 

नेपालकातर्फबाट फिडेमास्टर रुपेश जयसवाल, सरबीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशीला गुरुङले सहभागीता जनाउने छन् । 

प्रतियोगिताको पुरुष विजेताले एक लाख ५०, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन् ।

यस्तै महिला विजेताले एक लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।