प्रदेश उच्च शिक्षा सम्बन्धमा बागमती प्रदेशसभा सचिवालयमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ ।
बिहीबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले उक्त विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएकी हुन् ।
मन्त्री बस्नेतले उक्त विधेयक सरकारी विधेयकको रुपमा ६२ नम्बरमा दर्ता गरेकी बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
संसदीय व्यवस्था अनुसार संसद सचिवालयमा आज दर्ता भएको उक्त विधेयक आगामी ५ दिनपछि संसदमा टेबुल हुने र आवश्यक छलफल गरी संसदबाट पास भइ ऐन बन्नेछ ।
उक्त विधेयकमा प्रदेश सरकारले संचालन गर्ने आफ्नै विश्व विद्यालयको व्यवस्थापन र अन्य संस्थाले विश्व विद्यालय संचालन गर्न चाहेमा बोर्ड गठन गरी उक्त बोर्डको निर्णय अनुसार मुनाफा रहित शैक्षिक गतिविधि संचालन गर्न पाउने व्यवस्था गरिएको जनाइको छ ।