असार ११, २०८० सोमबार

–भेषराज कार्की
काठमाडौँ, ११ असार (रासस) : अहिलेको समय डिजिटल प्रविधिमय छ । नेपाली चलचित्रको निर्माणदेखि प्रदर्शनसम्मका हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मै हुन्छ । यो समयसम्म आउन नेपाली चलचित्रले सेलुलाइड युगलाई पार गरेको थियो । त्यतिबेला चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । 

    एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको सङ्ख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सिमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो । सिमित प्रिन्ट मोफसलमा प्रदर्शन भएर काठमाडौँ आउँदा कोरिने, प्वाल पर्नेलगायतका समस्या हुँदा कतिपय चलचित्र भवनमा धमिलो देखिन्थ्यो । सोह्र मिलिमिटरमा खिचेर ३५ मिलिमिटरमा प्रदर्शन गर्दा गुणस्तरीयतामा कमि आउथ्यो । यसले गर्दा शहरिया दर्शकको रोजाइमा नेपाली चलचित्र कम पर्न थाल्यो । सोही मूल्यमा हेर्न पाइने विदेशी चलचित्रको गुणस्तरीय थियो । 

    ध्वनि, छायाङ्कन, प्रदर्शनमा देखिएको समस्यालाई महसुश गरिरहनुभएका निर्माता तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्रलाई डिजिटलतर्फ मोड्नुभयो । “हामीले जुन गुणस्तरको चलचित्र ल्याइरहेका थियौँ, त्यसले लामो समय निरन्तरता दिन गाहो छ भन्ने मलाई लागेको थियो”, निर्देशक शर्माले भन्नुभयो,“किनकी हामीले फड्को मार्न सकिरहेको थिएनौँ । अन्य देशको चलचित्र उद्योगमा भइरहेको रुपान्तरण हामी कहाँ हुने सम्भावना नै थिएन ।”

    उहाँले चलचित्र निर्माणको सुरुआत ३५ मिलिमिटरबाट गरिएको भएता पनि लगानी कम गर्न १६ मिलिमिटर हुँदै भिडिओ चलचित्र बन्न थालेपछि शहरिया दर्शक निकै घटेको बताउनुभयो । त्यसै क्रममा जय नेपाल चलचित्र भवनलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने तयारीमा रहनुभएका भाष्कर ढुङ्गानासँग निर्देशक शर्माको भेट भयो ।

    “दर्शकलाई सुविधा दिने, त्यही स्तरको चलचित्र प्रदर्शन गर्ने योजना रहेको मैले थाहा पाएँ । चलचित्र भवनमा नआइरहनुभएका दर्शकलाई लक्षित गर्दै जय नेपाल नयाँ स्वरूपमा तयार भइरहेको थियो”, निर्देशक शर्माले भन्नुभयो । सुरुआती समयमा त्यहाँ विदेशी चलचित्रको मात्र प्रदर्शन गरियो । तैपनि लक्षित दर्शक हलसम्म आएनन् । 

    यस्तो हुनमा चलचित्र भवनप्रतिको सोच रहेको निर्देशक शर्माको बुझाइ थियो । “जय नेपालमा नेपाली चलचित्र चलोस् भने मेरो प्रयास हुन्थ्यो । मैले आफ्नो दबाबमा त्यहाँ सुख दुःख चलचित्र चलाउन लगाए”, उहाँले भन्नुभयो । नेपालभर सफलताको नयाँ रेकर्ड बनाइरहेको चलचित्र हेर्न सो चलचित्र भवनमा दर्शक आएनन् । 

    त्यसपछि उहाँलाई नेपाली चलचित्रको निर्माण र कथ्य शैली परिवर्तन आउनुपर्छ भन्ने लाग्यो । त्यही क्रममा डिजिटल प्रविधिको आवश्यकता महसुश भएको निर्देशक शर्माको भनाइ थियो । भारतमा सन् २००५ मा भित्रिएको डिजिटल प्रविधिलाई नै नेपालको लागतसँग मिल्दो पाएपछि नेपाल ल्याईयो । “हामीले डिजिटल प्रविधिमा चलचित्र बनाएमा दर्शकले खोजिरहनु भएको नयाँ शैलीको सुरुआत हुन्छ भनेर प्रविधिलाई नेपाल ल्यायौँ । जय नेपालमा डिजिटल प्रविधिबाट प्रदर्शनको सुरुआत भयो”, निर्देशक शर्माले भन्नुभयो । 

    डिजिटल प्रविधि भित्रिएपछि उहाँले प्रदर्शक ढुङ्गानासहित केही व्यक्तिसँग मिलेर ‘डिजिटल सिनेमा नेपाल (डिसिएन)’ को सुरुआत गर्नुभयो । प्रविधि नेपाल भित्रिएसँगै निर्माता तथा निर्देशकका लागि जानकारी दिन ‘प्रदर्शनी’ को आयोजना गरियो । त्यसपछि जय नेपालमा हलिउड र बलिउडका चलचित्र डिजिटल प्रविधिमै देखाइयो । तर, नेपाली चलचित्रको निर्माणमा परिवर्तन आएको थिएन । सेलुलाइड प्रविधिमै निर्माण हुँदा त्यसको प्रदर्शन अन्य प्रविधिमा सम्भव थिएन । 

    “हामीले डिजिटल प्रविधिलाई प्रवद्र्धन गरिरहदा पुराना प्रविधिका ल्याबहरूले समस्या उत्पन्न गरे । यसले विदेशी चलचित्रलाई नेपालमा फाइदा पुग्छ पनि भने, बद्नाम गर्न खोजे । त्यही कारण पनि प्रविधिको गुणस्तरियता बुझाउन हाम्रो डिसिएनकै केही साथीहरुले ‘कागवेनी’ चलचित्र निर्माण गर्नुभयो । त्यसका लागि छायाङ्कन गर्ने क्यामेरादेखि सम्पादन गर्ने कम्प्युटरसम्म तयार ग¥याँै”, निर्देशक शर्माले भन्नुभयो ।

    टेलिभिजनकर्मी भूषण दाहालले निर्देशन गर्नुभएको ‘कागवेनी’ चलचित्रले नयाँ कथ्य शैली र दृश्य भाषालाई प्रस्तुत ग¥यो । त्यहाँ परम्परागत प्रस्तुतीकरण थिएनन् नत हिरो भन्ने शब्दसँग मिल्दो भाष्य । त्यसले दर्शकलाई केही हदसम्म नेपाली चलचित्रको नयाँ युगसँग परिचित गरायो । निर्माता तथा निर्देशकसँगै प्रदर्शकले पनि भिन्न महसुस गरे । 

    बढिरहेका दर्शकले समाजसँग जोडिएको चलचित्र पर्दामा पाए । आफ्नै समाजमा देखिएको पात्रलाई हिरोको रुपमा पाउँदा दर्शक ‘कनेक्ट’ भए । पर्दामा देखिने हिरोको बारेमा स्थापित भाष्य भन्दा फरक देखिए । किनकि ती समाज र त्यहाँ रहेका हिरोलाई प्रतिनिधित्व गर्दा पर्दासम्म पुगेका आभास दिलाउने थिएँ ।

    “डिजिटल प्रविधिलाई रोकेर नेपाली चलचित्रको भविष्य कल्पना गर्न सकिन्थेन । म विश्वस्त थिएँ । मैले यसको विकल्प छैन भनेर धेरैलाई भने”, निर्देशक शर्माले भन्नुभयो,“त्यसपछि हामीले डिसिएनमा निर्माता तथा निर्देशकलाई सेयरमा राख्यौँ । उहाँहरुलाई चलचित्र निर्माणमा सघाउन थाल्यौँ ।”

    चलचित्र निर्माणमा निर्मातालाई सघाए झैँ प्रदर्शकलाई पनि सो प्रविधि चलचित्र भवनमा प्रविधि जडान गरेवापत भाडा लिने गरेको उहाँले जानकारी दिनुभयो । लागत कम परेपछि विस्तारै चलचित्र भवनमा डिजिटल प्रविधि जडान भए । सोही समयमा गोपीकृष्ण मुभिजले समेत ‘क्युब डिजिटल’ सर्भर नेपाल भित्रायो । दुई सर्भर भएपछि नेपालभर डिजिटल प्रविधि जडान हुन् समय लागेन । 

    “निर्माण र प्रदर्शन डिजिटलले सहज भएपछि नेपालभर एकसाथ चलचित्र प्रदर्शन हुन् थाले । विदेशीकै तुलनामा नेपाली चलचित्र पाइएपछि दर्शक बढे”, निर्देशक शर्माले भन्नुभयो,“प्रविधिको विकासले निर्माण बढ्यो । किनकी एकसाथ नेपालभर प्रदर्शन हुँदा नयाँ र गुणस्तरीय चलचित्र दर्शकसम्म पुग्यो ।”

    नेपालमा युएफओ र क्युब डिजिटलको सर्भर भएर प्रिन्टबाट निर्माताले छुटकारा पाए पनि प्रविधिमा चलचित्र ‘इनकोडिङ’ गर्न भारत जानुपथ्र्याे । सुरुआती समयमा सहजता देखिए पनि विस्तारै त्यो समस्याको रुपमा विकसित हुँदै गयो । नेपालमै त्यसको समाधान गर्ने खोज हुन थाल्यो । 

    “नेपाली चलचित्रको लागि आफ्नै सर्भर बनाउँ भनेर अष्ट्रेलियन कम्पनीसँग सफ्टवेयर र सिङ्गापुरको कम्पनीसँग हार्डवेयर लिएर डिसिएन सर्भरको सुरु ग¥यौँ । त्यसपछि भारत जानुपर्ने समस्याबाट छुटकारा मिल्यो । यद्यपि चलचित्र भवनमा नेपाली र विदेशीको लागि छुट्टाछुट्टै दुई सर्भर थिए । त्यहाँबाट नयाँ समस्या पुनः देखियो”, निर्देशक शर्माले भन्नुभयो,“हामीले पुनः युएफओसँग कुरा ग¥यौँ । नेपालमै इनकोडिङ गर्न मिल्ने सफ्टवेयरको माग ग¥यौँ । त्यसवापत हामीले रोयल्टी तिर्ने तय भयो ।”

    अहिले नेपालमै सम्पूर्ण प्रविधिमा इनकोडिङ हुन्छ । त्यही चलचित्रलाई विश्वभर प्रदर्शन गर्न सकिन्छ । डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ । “हामीले महापुरुष, छक्का पञ्जा ४ र जारी जस्ता चलचित्र यहीँ इनकोडिङ गरेर विश्वभर प्रदर्शन ग¥यौँ । यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पु¥याउने झन्झट पनि हटायो”, उहाँले भन्नुभयो । 

    उहाँले विश्वमै नेपाल पहिलो पूर्ण डिजिटल प्रविधिमार्फत चलचित्रको निर्माण, वितरण र प्रदर्शन गर्ने देश रहेको बताउनुभयो । “अन्य देशमा रिलमै खिचेर डिजिटल प्रविधिमा प्रदर्शन गरिन्छ भन्ने सुनिन्छ । तर नेपालमा सन् २०१५ सम्ममा पूर्ण रुपमा डिजिटल प्रविधिमा सम्पूर्ण काम हुन्थ्यो । यसलाई हामीले बुझाउनु जरुरी छ”, निर्देशक शर्माले भन्नुभयो । उहाँका अनुसार अहिले नेपालभर नन टुके, टुके, फोरके लगायतका प्रविधि जडित एकसय ७५ चलचित्र भवन सञ्चालनमा छन् । 

    ‘कागवेनी’ चलचित्रमार्फत नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भएर विविध बाधा अड्चनलाई पार गर्दै निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । यसले सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो । यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहजता दियो । यसले गर्दा काठमाडौँमा प्रदर्शनका निमित पालो पर्खिएका चलचित्रको लाइन घट्यो ।