असार २४, २०८० आइतबार

काठमाडौँ, २४ असार: पछिल्लो समय विद्यालयहरुको शैक्षिक गुणस्तर नाप्ने 'कसी' एसइइको नतिजा हुने गरेको छ। यसैको अाधारमा अभिभावकले विद्यालय छनौट गर्ने गरेका छन्। त्यसैले विद्यालयहरु पनि स्वभाविक रुपमा एसइइलाई अाफ्नो लक्ष्य बनाउने गरेका छन्। 

यही अभियानमा संघर्षरत काठमाडौंको तीनकुनेमा अवस्थित नवज्योती माध्यामिक विद्यालयले छलाङ मारेको छ। परीक्षामा सामेल ३९ जना विद्यार्थी मध्ये दुई जनाले ४ जिपिए हासिल गरेका छन् भने एक जनाले ३.९५ हसिल गरेका छन्। बाँकि मध्ये ३ भन्दा कम जिपिए कसैको पनि छैन। 

नयाँ व्यवस्थापनले जिम्मवारी लिए संगै छोटो समयमा छलाङ मार्नुको कारण व्यवस्थापन र शिक्षकहरुको मेहनत र दुरदृष्टि हो। 

"हामी यो सफलता प्रति निकै खुसि छौं र यसको लागि शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई धन्यबाद दिन्छौं"- विद्यालयका प्रधानाध्यापक राम प्रसाद ढुङ्गानाले हामीसँग खुसि व्यक्त गर्नुभयो। 

सहायक प्रधानाध्यापक महेश पराजुलीले भन्नुभयो - "हामी अझै उचाइमा पुग्ने प्रयासमा छौं। अाशा छ, यो यात्रा थप उपलव्धिमुलक हुनेछ।"

विद्यालयका अध्यक्ष चन्द्रा के.सी. ले यो फड्को प्रति अहोरात्र मेहनत गर्ने शिक्षक समुहलाई धन्यबाद प्रदान गर्नुभयो।  नवज्योती स्कूलले पछिल्लो समय पढाई सँगै व्यवहारिक शिक्षा र अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ।