साउन १, २०८० सोमबार

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ निर्माण हुने भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माण गर्ने घोषणा गरिएको हो ।

चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने छ । चलचित्र आगामी मंसिरको पहिलो साताबाट मात्रै सुटिङ हुने निर्माताहरुले बताएका छन् ।

चलचित्र विशेष हुने अपेक्षा गरेको अभिनेता कार्कीले बताए । चलचित्र समसामयिक विषयसँगै लभ स्टोरीमा आधारित हुने छ ।

तिहारपछि मात्रै सुटिङ शुरु हुने चलचित्रलाई नविन चौहानले निर्देशन गर्ने छन् ।