जेठ २४, २०७८ सोमबार

भनिन्छ दिनको संकेत बिहानले देखाउँछ । त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ । दिनभरको काम शुभ बनाउन बिहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ । 

(तुलसीमा जल चढाउनु दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

(सूर्यलाई जल चढाउनु शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ। स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ।

(गाईलाई रोटी ख्वाउनुहोस् सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

(योग एवं ध्यान गर्नुहोस् लामो समय सम्म स्वस्थ रहन र शरीरलाई पूmर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो। योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ। मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

(घरको मन्दिरमा पूजा गर्नुहोस् हरेक दिन बिहान घरमा आपूmले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक उर्जा खतम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बाल्नाले वास्तुका अनुसार पनि कयौं दोषहरु हट्छन् ।