भादगाउँ, १४ साउन : प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालयबाट प्राप्त एक लाखबाट पशु चिकित्सक, औषधिसहितको प्राविधिक टोली प्रत्येक टोलको घर घर गएर निरीक्षण गर्नुका साथै खोप लगाइ दिएको उहाँले जानकारी दिनुभयो ।
“टोलीले पशुको स्वास्थ्य जाँच गरी आवश्यकताअनुसार भिटामिन, ज्वरोको औषधि, प्रोटिन दिइ खोप लगाउने कार्य गर्दै आइरहेको छ । खटिरा सरसफाइको लागि आवश्यक औषधि वितरण गरेको छ”, उहाँले भन्नुभयो ।
यसैगरी सूर्यविनायक नगरपालिकामा तीन सय ८५ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण देखिएको नगरपालिकाको पशुसेवा शाखा प्र्रमुख मिनल शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यविनायकमा एक हजार आठ २५ गाईभैँसीलाई लम्पी स्किन सङ्क्रमण विरुद्धको खोप लगाइ सकेको छ ।
यहाँ सङ्क्रमित हुन नदिन पशुलाई मल्टी भिटामिन, पारा सिटामोल, गुल्कोज, घाउ सफा गर्न मलम र पाउडर वितरण गरेको उहाँले बताउनुभयो । मध्यपुर थिमिमा एक सय पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएको र यसबाट प्रभावित पशुको सङ्ख्या सात सय पुगेको नगरपालिकाको पशुसेवा शाखाका प्रमुख थरकुमार थापाले बताउनुभयो । मध्यपुर थिमिमा रहेको करिब एक हजार दुई सय पशुमध्ये एक हजार एक सय पशुलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
सङ्क्रमण रोकथामका लागि पशु सेवा विज्ञ केन्द्र लगनखेलको प्राविधिक सहयोगका साथै औषधि कृषकलाई निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो । पशुपालन क्षेत्रमा देखिएको रोगबारे कृषकलाई परामर्श तथा त्यसको रोकथामका उपाय विभिन्न माध्यमबाट जानकारी गराएको बताउँदै उहाँले पशुपालनले मानवीय स्वास्थ्यलाई मध्येनजर गरी रोग व्यवस्थापन गरी व्यवसाय सञ्चानल गर्न सचेतना अभियान थालेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाको पशुसेवा शाखाका पशुसेवा प्राविधिक पार्वती योञ्जनले नगरभित्र एक वटा गाईमा लम्पी स्किनको सङ्क्रमण देखिएकोमा उपचार गरी निको पारिएको बताउनुभयो । पशुमा देखिएको लम्पी स्किनको उपचारका लागि चारै नगरपालिकालाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयबाट नगद एक÷एक लाख दिएको बताउँदै उहाँले सोही रकमले आवश्यक औषधि खरिद गरेको जानकारी दिनुयभो ।
लम्की स्किन लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन निकै घट्ने, छालामा गिर्खा देखिने, -याल सिँगान बस्ने स्ता लक्षण देखिन्छ ।