साउन २१, २०८० आइतबार

उलान बातोर, २१ साउन: पश्चिमी मङ्गोलियामा चट्याङ लागेर ११ र १२ वर्षका दुई बालिकाको मृत्यु भएको छ भने १४ वर्षका युवक गम्भीर घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले आइतबार जनाएको छ ।

घटना शनिबार साँझ  युभिएस प्रान्तको तारियालन सोम (प्रशासकीय उपविभाग) मा भएको  आपतकालीन एजेन्सीले जनाएको छ ।  घाइतेको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मङ्गोलियाका  विभिन्न भागहरू, विशेष गरी मध्य र पूर्वी प्रान्तहरूमा, चट्याङ र मेघगर्जनसँगै भारी वर्षा हुने प्रक्षेपण गरिएको पनि एजेन्सीले जनाएको छ । साथै जनतालाई सावधानी अपनाउन आग्रह गरेको छ।