जेठ २६, २०७८ बुधबार

स्नातक तहको पुरानो प्रथम वर्षको परीक्षा त्रिभुवन विश्वविद्यालयले साउनको दोस्रो साता हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको हो ।

फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् ।परीक्षा नियन्त्रक पुष्पराज जोशीले जुनसुकै अवस्थामा र जुनसुकै विधिबाट भए पनि साउनमा परीक्षा लिने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न नसकेको र परीक्षा पनि दिन नसक्ने जानकारी आएकाले विद्यार्थी रहेकै जिल्लामा परीक्षा दिन पाउने गरी भौतिक रूपमा परीक्षा लिने तयारी भएको उहाँले बताउनुभयो । कोभिड–१९ को संक्रमण कम हुँदै गएकाले अनलाइनमार्फत भए पनि परीक्षा लिने उहाँले जानकारी दिनुभयो ।आगामी साउनमा भौतिक रूपमा हुने परीक्षा छुटाएमा विद्यार्थीको पुनः परीक्षा नलिइने जोशीको भनाइ छ ।

भौतिक रूपमा परीक्षा हुन नसक्ने अवस्था आएमा अनलाइनमा जति सहभागी हुन सक्छन्, उनीहरूको मात्रै भए पनि परीक्षा हुने उहाँले बताउनुभयो । अनलाइन परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था गर्ने जोशीले प्रष्ट पार्नुभयो । त्रिविमा वार्षिक प्रणालीका पनिका बल्खुले लिँदै आएको छ ।

त्रिविले कोभिड संक्रमणको समयमा सहज गराउने उद्देश्यले अनलाइन फारम खुलाएको छ। तर ५० प्रतिशत विद्यार्थीले अनलाइनबाट फारम भर्न नसकेको क्याम्पस प्रमुखहरूले नियन्त्रक जोशीलाई रिपोर्टिङ गरेका छन् । अनलाइन फारम भर्न कठिन भएका विद्यार्थीले नजिकैको क्याम्पसबाट फारम भरेर बुझाएका छन् ।

३१ जेठसम्म फारम भर्न समय दिइएको छ ।