अहिलेसम्म त हामीले सुनेका मात्र थियौं कि शहरमा जिन्दगी धेरै तनावपूर्ण हुन्छ भनेर तर अब वैज्ञानिकहरूले अनुसन्धानबाट साबित गरेका छन् कि यो कुरा साँचो हो ।
सत्य कुरा त यो छ कि शहरका व्यस्त सडकहरू अनि भीड भरिएको बजारले हाम्रो दिल दिमागलाई लगातार बिरामी र रोगी बनाउँदै छ । शहरमा फैलिएको कंक्रिटको जङ्गलको कुनै कुनामा कतै कुनै अग्लो भवनको बीच कुनै फ्ल्याट वा अपार्टमेन्टमा एक टुक्रा हरियाली घाम एवम् आकाशका लागि तर्सिने जिन्दगी हामीलाई हमेशा तनावले भरिराखेको हुन्छ । अब वैज्ञानिकहरू तनावपूर्ण शहरीया जीवनको खतराहरूबाट लगातार घच्घच्याइरहेका छन् । सचेत गराइरहेका छन् कि यदि हामीले प्रकृतिबाट टाढा हुँदै गयौँ भने भोलि बच्न गाह्रो हुँदै जानेछ ।
आज महानगरहरूको बाँची रहेका मानिस यसरी तनावबाट पीडित छन् कि ऊनीहरु सानो सानो कुरामा नराम्रोसँग झर्किएर मर्न र मार्न तम्सिन्छन् । महानगरहरूको सडकहरूमा त प्रत्येक मानिस तनावको बारुदले भरिउका जस्ता लाग्दछन् । अलिकति भनाभन हुनेबित्तिकै जवाफमा चक्कु, छुरी, खुकुरी तानातान गर्लानजस्ता छन् । भनाभनमा नै ज्यान मार्ने जस्ता घटनाहरू लगातार बढिराखेका छन् । कुनै कविको यो पंक्ति सटिक सावित भइराखेको छ । “आज को ताजाखबर सुवह का गया साम को घर लौट आया” ।
शहर केही मानिसहरूका लागि भलै भौतिक सुविधाको खानी होला तर ती आम मानिसलाई प्रकृतिबाट लगातार टाढा गराउँदै छ । शहरको त्यो कोलाहल र मानिसहरू तथा गगनचुम्बी घरहरूको भीडमा केटाकेटीहरूसम्म न त चराचुरुङ्गीको चरिबरी सुन्न सक्दछन् नत रङ्गीविरङ्गी पुतलीहरूलाई छुन सक्दछन् । न त नदीहरूको कलकल, न त पातहरूको सर–सर सुन्न सक्दछन् । मनोवैज्ञानिकहरूले पत्ता लगाएका छन् कि यसका कारण शहरको माहोल परिवेशमा दिमागमा दवाव लगातार बढ्दै गएको छ र त्यसलाई धेरै क्षति पु¥याइराखेको छ । एउटा अध्ययनमा देखिएको छ कि शहरको कुनै भीडभाड ठाउँबाट हिड्दै गर्दा केही मिनेटमा स्मरणशक्ति कम हुन थाल्दछ । जसका कारण मानिसले आत्म नियन्त्रण गुमाउन थाल्दछ ।
मनोवैज्ञानिकहरूको भनाइमा मानिसको दिमाग कुदरतको एक मेशिन जस्तो हुन्छ तर हजारौं मानिस भीड, शोरशरावा, हल्लिखल्ली छेउछाउबाट तेज रफ्तारमा गुडिराखेको गाडीहरूको चर्को स्वरले यस मेसीनलाई नराम्रोसँग थकाइ दिन्छ । भारी हल्लाखल्ला अनि आपाधापीमा दिमागले केही अरू सोच्नुको साटो मात्र यो सोच्नका लागि विवस हुने गर्दछ कि यस बच्दै बचाउँदै कसरी बाहिर निस्कने होला रु हल्लाखल्लाबाट ध्यान नहटाइ दिमागले अरू केही सोच्न पाउँदैन । जुन ऊर्जा कम्प्युटररूपी दिमागमा सोच्ने काम आउनुपर्ने थियो त्यसको अधिकांश हिस्सा हल्लिखल्लीबाट ध्यान हटाउन अनि बच्ने बचाउनेमा नै खर्च भइराखेको हुन्छ ।
तर के यस स्थितिबाट बच्नका लागि कुनै बाटो छ त रु धेरैजसो वैज्ञानिकहरूको भनाई छ कि भिशिगन विश्वविद्यालयका मनोवैज्ञानिक स्टेफन कैप्लानद्वारा विकशित आर्ट अर्थात् अटेशन रेस्टोरेसन थ्योरी यसको बाटो हुन सक्दछ । कैप्लानले जुन बाटो सुझाएका छन् त्यो हो प्रकृतिको शरण लिनु । कल्पना गर्नुस कि कतै कुनै सफा सुग्घर झरना या ताल छ । त्यसको वरिपरि नानाथरिका रुख विरुवाहरूको हरियाली छरिउको छ । त्यहाँ चराहरू चीरबिर गरिराखेका छन् । हावा आएर रुखका पातहलाई सुमसुम्याउँदै छ । तिनका हाँगाहरूमा दिनभरी भँगेराहरू खेल्दै छन् । फूलहरूमा माहुरी, भमरा एवम् पुतलीहरू झुम्मिराखेका हुन्छन् । निलो ताल या पोखरी अनि तालमा लहरहरूको रेश्मी छालहरू उठ्दै अनि हराउँदै गर्दै छन् । तिनका बीच माछाहरू नाचिराखेका हुन्छन् । हाम्रो मन यस दृश्यावलीमा रमाउन थाल्दछ । दिमागको मेशिनको पार्टपुर्जा विश्राम गर्न थाल्दछन् । कहीँ कतै ध्यान भङ्ग हुँदैन । मन अत्यन्तै शान्त हुन्छ । बस्, यो नै कैम्पलनको संकल्पना जसलाई आर्ट यानी अटेनसन रेस्टोरेसन थेरापी भनिएको छ । यो दिमागको उपचारका लागि कुस्ती औषधि हो जसबाट दिमागलाई ठूलो सुकुन मिल्दछ । सायद यही कारण होला कि पिकासो जस्ता प्रख्यात चित्रकार शहर छोडेर शान्त एकान्त इलाकामा गएर बसेहोलान् । टैगोर एवं विवेकानन्दले पहाडहरूको काखमा आएर प्रकृतिको सान्निध्यमा शान्ति अनुभव गरे । मनोवैज्ञानिक मार्क बरमैनले ध्यान केन्द्रित गर्न एवम् स्मरणलाई पत्ता लगाउनका लागि विद्यार्थीहरूमा प्रयोग गरे । विद्यार्थीहरूको एक समूहलाई वनस्पति उद्यानमा घुम्न पठाए एवम् अर्कालाई शहरको भीडभाड एवम् हल्लिखल्लीमा । तिनीहरू जीपी यसको सम्पर्कमा थिए । बरमैनले देखे कि शहरमा घुम्दै गरेका विद्यार्थीहरूको मनस्थिति ठीक थिएन एवम् तिनको ध्यान केन्द्रित गर्ने तथा स्मरण क्षमता धेरै कम भएको थियो । यसैगरी इलिनोयस विश्वविद्यालय कि फ्रैन्सीज कुओले एउटा बृद्ध आवासीय क्षेत्रका निवासी महिलाहरूसँग सोधपुछ गरिन् । तिनमा दुई प्रकारका महिलाहरु थिए( एक ती जसलाई आफ्नो अपार्टमेन्टबाट बाहिरमात्र कङ्क्रिटका घरहरू पार्किङ्ग स्थल एवम् बास्केटबलको कोर्ट देखा पर्दथ्यो । अर्का समूहका महिलाहरूलाई हरियो रुखबिरुवा, चौर अनि फूलहरूको क्यारीहरू देखा पर्दथ्यो । थाहा लाग्यो कि हरियाली देख्ने महिलाहरू जीवनका चुनौतिहरू राम्रो ढङ्गले सामना गरिराखेका छन् । कओलाई यो पनि थाहा लाग्यो कि जनु अपार्टमेन्टबाट हरियाली देखिन्थ्यो तिनमा घरेलु हिँसाको प्रतिशत कम थियो । अध्ययनबाट सावित भयो कि शहरी जीवनमा भावनात्मक नियन्त्रण कम हुने गर्दछ र व्यक्तिले आफ्नो होस गुमाउँदछ धैर्य गुमाउँदछ ।
मनोवैज्ञानिकहरूको भनाइ छ कि हरियालीको फाइदाहरू एवम् रुखबिरुवाहरूको विविधतामा पनि सिधा सम्बन्ध छ । जति धेरै प्रकारका रुखबिरुवाहरू हुन्छन् दिमागमा त्यति नै धेरै असर पर्नेछ । यसैले अब यस खोजको लाभ उठाएर अनेक वस्तुविद् घर आँगन एवम् व्यावसायिक भवनहरूका लागि नयाँ प्रकारका डिजाइन तयार पार्न थालेका छन् । जसले गर्दा बढीभन्दा बढी विविधतापूर्ण हरियाली उमार्न सकियोस् घर वरिपरि ।
हरियोभरियो पार्कहरूले मनमा तुरुन्त असर गर्दछ । बरमैनको भनाइ छ कि हरियोभरियो दृश्यावली देख्नाले मात्र ध्यान एवम् स्मरण शक्तिमा बढोत्तरी हुन्छ ।
तर एकछिन पर्खनुस त, शान्ता फे इन्सटिच्युटका वैज्ञानिकहरूलाई शहरमा सम्भावना पनि देखिएका छन् । तिनको भनाई छ कि शहरका जुन चिजहरू हाम्रो ध्यान केन्द्रित गर्ने क्षमता एवम् स्मरणशक्तिलाई बर्बाद गर्दछन् तिनले नै केही नयाँ गर्न पनि प्रेरित गर्दछन् । त्यसबाट सिर्जनात्मकता बढ्दछ । भीड भरिएको शहरहरूमा नवीन बौद्धिक उपलब्धिहरू सामुन्ने आएको छ । त्यसैले शहरमा हरियाली बढाउनुपर्ने अति धेरै आवश्यकता छ । कुओ भन्छिन् कि हरियाली एक प्रकारको औषधि हो । यसबाट शहरमा बस्दा पनि तनावबाट मुक्ति पाउन सकिन्छ ।
दार्शनिक थोरोले जीवनका लागि एउटा नयाँ दर्शनको सझुाव दिँदै भनेका थिए कि जीवनको बाटो खोज्नका लागि व्यक्ति, राज्य र देवताहरूमा समाज एवम् यहाँसम्म कि इतिहासको नजिक नगएर प्रकृति एवम् स्वयमको शरणमा जानुस् । त्यही साँचो साबित भइराखेको छ तर हामी भने उल्टो बाटोमा छौँ । त्यसैले काठमाडौंको बाटामा भएको रुख मास्यौँ !
✍️डा। केदार कार्की
सेवा निवृत्त पशुचिकित्सक
प्रमुख भेटेरिनरी जनस्वास्थ्य कार्यालय, त्रिपुरेश्वर