काठमाडौंँ । शुक्रबारदेखि रिलिजमा आएका २ नेपाली फिल्म ‘हिँड्दा हिँड्दै’ र ‘जुलेबी’ ले बक्स अफिसमा सुरुवाती ब्यवसाय राम्रो गर्न सकेन । शुक्रबार रिलिज भएका यी दुबै फिल्मको अकुपेन्सी १० प्रतिशत पनि रहन सकेन ।
शुक्रबार नै रिलिज भएको गणेशदेव पाण्डे निर्देशित फिल्म ‘जुलेबी’ ले शुक्रबार र शनिबार ९३ हजार कमाएको बक्स अफिसको तथ्यांकमा देखाउँछ । फिल्ममा सुरक्षा पन्त, सुशील सिटौला, निशा अधिकारी, उषा रजक लगायतका कलाकारको अभिनय छ । फिल्म यौनकर्मीको कथामा बनेको हो ।
त्यस्तै शुक्रबारदेखि नै रिलिजमा आएको मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’ ले बक्स अफिसमा कमाल देखाउन सकेन । शुक्रबार शनिबार फिल्मको व्यापार निकै कमजोर देखिएको छ । फिल्मले दुई दिनमा एकलाख पनि ब्यवसाय गरेको छैन । फिल्मको ब्यवसाय ७४ हजार देखिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह,
सानिया खान लगायतका कलाकारको अभिनय रहेको फिल्मले हलमा निकै कम शोज पाएको थियो ।