भदौ १३, २०८० बुधबार

मकवानपुर, १३ भदौः बागमती प्रदेशसभा सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ ।

दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताउनुभयो।

प्रदेशसभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ ।