बेइजिङ, २२ भदौ: भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो साताव्यापी चीनको राजकीय भ्रमणमा आज कराकसबाट बेइजिङ आउँदै हुनुहुन्छ ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसले यही सेप्टेम्बर ८ देखि १४ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ ।
अन्तरराष्ट्रिय रूपमा एक्ल्याइएको तेल– धनी राष्ट्र भेनेजुएलाकासँग बेइजिङको घनिष्ठ सम्बन्ध छभने काराकसको मुख्य ऋणदातामध्येको चीन एक हो । चीनले भेनेजुएलाको चेतावनीलाई समर्थन गरेको छ जसलाई यो देशमा विदेशी हस्तक्षेपको घोर विरोध गर्ने भेनेजुएलाप्रति बेइजिङको पूर्ण समर्थन रहेको छ । वर्षौँदेखि सङ्कटमा परेको उसको अर्थव्यवस्थालाई उजिल्याउन भरथेग गर्दै आएको छ ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले यसैसता शाङ्घाई र बेइजिङको भ्रमण गर्नुभएको थियो । उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटघाट गर्नुभएको थियो । वर्षौँपछि काराकासबाट उच्च अधिकारीले गरेको यो नै पहिलो भ्रमण हो । “चीन र भेनेजुएलाले अटूट मित्रता कायम गरेका छन्, चीनले भेनेजुएलाको राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय मर्यादाको रक्षा गर्न दृढतापूर्वक समर्थन गर्दछ,” विदेशमन्त्री वाङले भन्नुभएको छ ।