भदौ २६, २०८० मंगलबार

गण्डकी, २६ भदौ (रासस) ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समेवेदना व्यक्त गर्नुभएको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा  निधन भएको थियो ।