भदौ २६, २०८० मंगलबार

गोरखा, २६ भदौ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जनप्रतिनिधि, स्थानीयवासी तथा राजनीतिक दलका नेताले रुइला नाका हुँदै चीन प्रवेशका लागि बोर्डर पासको व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् । 

गाउँपालिका अध्यक्ष निमा लामा नेतृत्वको टोलीले गृहमन्त्री श्रेष्ठलाई आज मन्त्रालयमा नै भेटेर तत्काल रुइला नाका हुँदै चीन प्रवेशका लागि स्थानीयवासीलाई बोर्डर पासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

“कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द रहेको चीनसँग जोडिएको रुइला नाकामा आवातजावतका लागि खुकुलो भएको छ, तर बोर्डर पास नभएसम्म अझै पनि चीनले प्रवेश गर्न दिँदैन”, उहाँले भन्नुभयो, “हामीले गृहमन्त्रीसँगको भेटमा तत्काल त्यस क्षेत्रका बासिन्दालाई बोर्डर पासको व्यवस्था गर्न अनुरोध गरेका छौँ ।”

चीनले आफूहरुलाई नाका प्रवेशमा खुकुलो गरेको भए पनि बोर्डर पास बिना नागरिकताको आधार प्रवेश गर्न नदिने बताएको अध्यक्ष लामाको भनाइ छ । छेकम्पारस्थित रुइला भन्ज्याङ नाका र सामागाउँको रुइला भञ्ज्याङ नाका हुँदै चीन प्रवेश गर्ने नाका कोरोना सङ्क्रमणपछि बन्द भएको थियो ।

त्यस क्षेत्रका बासिन्दालाई चीनको रुइ कोन्दाङ र जुङ्गा बजारमा दैनिक उपभोग्य सामग्री किनमेल गर्न सजिलो पर्दछ । “चुमनुब्री क्षेत्रका बासिन्दाको किनमेल र आउजाउ चीनको बजारमा हुने भएकाले धेरै मानिस बोर्डर क्षेत्रमा प्रवेशका लागि पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “चीनतपर्mबाट आउजाउका लागि बोर्डर पास अनिवार्य गरेकाले गृहमन्त्रीलाई पासको उपलब्ध गराइदिन भेटेर माग गरेका हौँ ।”

गृहमन्त्रीसँगको भेटमा सामागाउँमा सशस्त्र प्रहरीको बिओपी राख्नका लागि सबै तयारी पूरा भए पनि सामान ढुवानी गर्न नसक्दा ढिलाइ भइरहेको भन्दै सामान ढुवानीका लागि हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिदिनुसमेत माग गरेको उहाँले जानकारी दिनुभयो । “सशस्त्र प्रहरीको बिओपी सुरु गर्नका लागि सामग्री ढुवानीका लागि सडक बाटो पुगेको छैन”, अध्यक्ष लामाले भन्नुभयो, “त्यसका लागि ठूलो हेलिकप्टर आवश्यक पर्ने भएकाले सरकारले नै पहल गरेर सेनाको हेलिकप्टरमार्फत ढुवानीका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छौँ ।” 

गृहमन्त्रीसँगको भेटमा अध्यक्ष लामासहित पूर्वराज्यमन्त्री छमबहादुुर गुरुङ, स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।गोरखा, २६ भदौ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जनप्रतिनिधि, स्थानीयवासी तथा राजनीतिक दलका नेताले रुइला नाका हुँदै चीन प्रवेशका लागि बोर्डर पासको व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् । 

गाउँपालिका अध्यक्ष निमा लामा नेतृत्वको टोलीले गृहमन्त्री श्रेष्ठलाई आज मन्त्रालयमा नै भेटेर तत्काल रुइला नाका हुँदै चीन प्रवेशका लागि स्थानीयवासीलाई बोर्डर पासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

“कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द रहेको चीनसँग जोडिएको रुइला नाकामा आवातजावतका लागि खुकुलो भएको छ, तर बोर्डर पास नभएसम्म अझै पनि चीनले प्रवेश गर्न दिँदैन”, उहाँले भन्नुभयो, “हामीले गृहमन्त्रीसँगको भेटमा तत्काल त्यस क्षेत्रका बासिन्दालाई बोर्डर पासको व्यवस्था गर्न अनुरोध गरेका छौँ ।”

चीनले आफूहरुलाई नाका प्रवेशमा खुकुलो गरेको भए पनि बोर्डर पास बिना नागरिकताको आधार प्रवेश गर्न नदिने बताएको अध्यक्ष लामाको भनाइ छ । छेकम्पारस्थित रुइला भन्ज्याङ नाका र सामागाउँको रुइला भञ्ज्याङ नाका हुँदै चीन प्रवेश गर्ने नाका कोरोना सङ्क्रमणपछि बन्द भएको थियो ।

त्यस क्षेत्रका बासिन्दालाई चीनको रुइ कोन्दाङ र जुङ्गा बजारमा दैनिक उपभोग्य सामग्री किनमेल गर्न सजिलो पर्दछ । “चुमनुब्री क्षेत्रका बासिन्दाको किनमेल र आउजाउ चीनको बजारमा हुने भएकाले धेरै मानिस बोर्डर क्षेत्रमा प्रवेशका लागि पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “चीनतपर्mबाट आउजाउका लागि बोर्डर पास अनिवार्य गरेकाले गृहमन्त्रीलाई पासको उपलब्ध गराइदिन भेटेर माग गरेका हौँ ।”

गृहमन्त्रीसँगको भेटमा सामागाउँमा सशस्त्र प्रहरीको बिओपी राख्नका लागि सबै तयारी पूरा भए पनि सामान ढुवानी गर्न नसक्दा ढिलाइ भइरहेको भन्दै सामान ढुवानीका लागि हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिदिनुसमेत माग गरेको उहाँले जानकारी दिनुभयो । “सशस्त्र प्रहरीको बिओपी सुरु गर्नका लागि सामग्री ढुवानीका लागि सडक बाटो पुगेको छैन”, अध्यक्ष लामाले भन्नुभयो, “त्यसका लागि ठूलो हेलिकप्टर आवश्यक पर्ने भएकाले सरकारले नै पहल गरेर सेनाको हेलिकप्टरमार्फत ढुवानीका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छौँ ।” 

गृहमन्त्रीसँगको भेटमा अध्यक्ष लामासहित पूर्वराज्यमन्त्री छमबहादुुर गुरुङ, स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।