मेहनत गरे अनुसारको गाउँमा धानको भाउ छैन ।
किसानले सोचेजस्तो आम्दानीको जोड घटाउ छैन ।
बाहिर त मुस्कुरइदिन्छु, पीर-व्यथा कसले देख्छ ?
भन्नेलाई क्या सजिलो ! यस केटीको घाउ छैन ।
बिन्ती बिसाइ ऋण माग्यो, पक्कै तिर्छु भन्दै हिजो
आज भन्छ- लेऊ है ब्याज, नभए मसँग साउ छैन ।
भाषण दिदाँ, छिट्टै पानीजहाज ल्याउँछु भन्थ्यौ
आसै-आसमा मात्रै राखेउ ल्याउने अझै नाउ छैन ।
जनताकै भोटले सत्तामा आज सुन खाँदै बस्छौ क्यारे !
यहाँ हामीलाई छाक टार्न जाबो बिस्कुट चाउचाउ छैन ।
झापाकी स्रष्टा सञ्जू निरौला 'सेजल' ।