असोज ४, २०८० बिहिबार

काठमाडौँ, ४ असोज : प्रगतिशील लेखक सङ्घले यस वर्षको प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार कवि कुन्ता शर्मालाई दिने भएको छ । सो पुरस्कारको राशि रु २५ हजार एक सय रहेकोे छ । श्यामप्रसाद शर्मा सो सङ्घका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

यस्तै रु २० हजार एक सय राशिको  प्रलेस प्रतिभा पुरस्कार नरेश भण्डारीलाई, रु ११ हजार राशिको बालसाहित्य पुरस्कार प्रा डा कपिल लामिछानेलाई रु १० हजार एक सय राशिको प्रलेस साहित्य पुरस्कार गुरुप्रसाद कुमाल ‘बुलबुल’लाई दिने निर्णय भएको सङ्घका महासचिव डा देवी दुलालले जानकारी दिनुभयो । प्रलेसको ७२औँ वार्षिकोत्सव शुक्रबार हुँदैछ ।