मनसुनमा रुझ्नलाई तिमी आउनुपर्छ ।
प्रेमको भाषा बुझ्नलाई तिमी आउनुपर्छ ।
कुनैदिन मैले आँसु झारेछु भने
मेरा आँसु पुछ्नलाई तिमी आउनुपर्छ ।।
पिज्जा खाउँला बर्गर खाउँला तिमी आएपछि ।
मुटु साँटेर प्रेम लाउँला तिमी आएपछि ।
मीठो खाउँला राम्रो लाउँला हिँड्दाहिँड्दै हामी
संसार घुम्न सँगै जाउँला तिमी आएपछि ।
बाली राम्रो नफलेको, खेती बिग्रेर हो ।
मान्छे काम नलाग्ने, मति बिग्रेर हो ।
हाम्रो देश किन यस्तो सङ्कटमा, थाहा छ ?
देश हाँक्नेहरूको नियती बिग्रेर हो ।
फेसबुकमा उनलाई साथी बनाएँ ।
मेसेन्जरमा सबैभन्दा माथी बनाएँ ।
मुटु भन्ने चिज, राउटर बनेपछि प्रेमको
हामी बीचको कनेक्सन जाती बनाएँ ।
✍️ यायावर जी