असोज ५, २०८० शुक्रबार

लेखनाथ, ५ असोज ः राष्ट्रिय समाचार समिति कास्कीका समाचारदाता कृष्ण दवाडी सम्मानित हुनुभएको छ । 

    पृथ्वी होटल व्यवसायी समितिको ११औँ साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा आज नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले पत्रकारिताको माध्यमद्वारा समाजमा पु¥याएबापत  उहाँलाई रु १० हजारसहित पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार–२०८० द्वारा सम्मान गर्नुभएको हो । 

    सोही अवसरमा पृथ्वी होटल व्यवसायी समितिअन्तर्गतका दुई व्यवसायी शोभाकान्त चापागाइँ र कृष्णप्रसाद शर्मालाई समेत सम्मानित गरिएको थियो । पोखरामा होटल व्यवसाय सञ्चालन गर्ने दुई सय बढी होटल पृथ्वी होटल व्यवसायी समितिमा आबद्ध छन् । 

    समितिका अध्यक्ष बालकृष्ण निउरेको अध्यक्षतामा भएको उक्त अधिवेशनले दुई वर्षका लागि नयाँ कार्य समितिसमेत चयन गर्ने  छ । अधिवेशनमा व्यवसायीले व्यावसायिक सुरक्षा, सम्मानित तथा मर्यादितरुपमा व्यवासय सञ्चालन र व्यावसायिक हकहितका बारेमा आवाज उठाएका थिए ।