जेठ ३१, २०७८ सोमबार

रोट्रयाक्ट क्लव अफ राजधानी आर.आई.डिस्ट्रिक्ट ३२९२ नेपाल र भूटानले नौ बर्ष देखी, हरेक रोटा वर्षमा विभिन्न कार्यक्रमहरु आयोजना गरी पेन फर चेन्जू कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो बर्ष, बढी रहेको महामारीले गर्दा कुनै पनि ठाउँका बिधालयहरु संचालनमा आउन सकेका छैनन् , जस्को कारण खाँचोमा परेका बिद्यार्थीहरुलाई एक बर्ष भरी पुग्ने शैक्षिक सामाग्री वितरण गर्न सम्भव नभएकोले उनिहरुको बौद्धिक बिकासमा टेवा पुगोस् भन्ने हेतुले वक्तृत्वकला  प्रतियोगिता आयोजना गरिएको थियोे।

नेपाली भाषामा कलम: संसार परिवर्तनको आधारू र अङ्ग्रेजी  भाषामा "A Pen Can Change a World" भन्ने बिषयमा देशभरका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाएका थिए। 

विद्यार्थीहरुलाई  वढिमा पाँच मिनेटको भिडियो मार्फत आफ्ना तर्क राख्न पाउने नियम रहेको थियो । प्रतियोगीहरुबाट प्राप्त तर्क सहितका भिडियोहरु हेरि मुल्याकंन गर्न ३ सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो ।

उक्त प्रतियोगितामा ललितपुर स्थित किष्टल्याण्ड सेकेन्डरी स्कुलका कक्षा १० मा अध्ययनरत लक्ष्या क्षेत्री तृतीय, सेरो पब्लिक हाइस्कुल, धरान सुनसरीमा कक्षा ९ मा अध्ययनरत क्रियता श्रेष्ठ द्धितिय र किष्टल्याण्ड सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत जोन तामाङ प्रथम स्थान ल्याउन सफल भएका थिए । तृतीय हुनेलाई रु। २००० र प्रमाणपत्र, द्वितिय हुनेलाइ रु।२५०० र प्रमाणपत्र तथा प्रथम हुनेलाई रु। ३००० र प्रमाणपत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा उत्प्रेरक वक्ता, शिक्षासेवी तथा रोटरी क्लव अफ राजधानीका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठ, रोटरियन तथा संचारकर्मी हरिराम पौडेल र रेडियोकर्मी सफर पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

आजका बालबालिका नै भोलीका कर्णधार भएको र बालबालिकालाई अध्ययनको अतिरिक्त यस प्रकारका प्रतियोगितामा सामेल गराउँदा बालबालिकाको नेतृत्व शैली र बोल्ने कलाको समेत विकास हुने निर्णायक राजेन्द्र बहादुर श्रेष्ठले बताए । बालबालिकालाई अतिरिक्त क्रियाकलापमा समेत सामेल गराउन हरेक बालबालिकाका अभिभावकले समेत ध्यान दिनु पर्ने निर्णायक मण्डलका हरिराम पौडेलले बताए । बोल्ने कलाको सुरुवात नै यस्तै बक्तृत्वकला प्रतियोगिताबाट हुने भएकोले समुदाय स्तरमा समेत यस्ता कार्यक्रमहरु आयोजना गरि बालबालिकाको मनोवल बढाउनु पर्ने विचार निर्णायक मण्डलका  सफर पोखरेलले व्यक्त गरे ।

बालबालिकालाई शिक्षित गराउनु पर्ने , शिक्षाले मात्र उनीहरुको उज्वल भविष्य कोर्न सक्ने र त्यसका लागि उनीहरुको हातमा कापी र कलम थमाइदिनु पर्ने साथ साथै उनीहरुको बौद्धिक विकासमा टेवा पुग्ने खालका क्रियाकलापमा भाग लिनलाई अभिभावक वर्गहरुले पनि आफ्ना बालबालिकाहरुलाई प्रेरित गर्नु पर्ने कुरा रोट्रयाक्ट क्लव अफ राजधानी रोटा वर्ष २०२१/२२ कि अध्यक्ष रोट्रयाक्टर नेहा कार्की परियारले बताइन्।

No description available.

No description available.

No description available.