असोज ७, २०८० आइतबार

काठमाडौँ, ७ असोज : क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तारिख तोकिए पनि सुनुवाइ हुन सकेन।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि सो मुद्दा पेसी नचढी स्थगित भएको हो।

न्याय परिषदले हालै केही न्यायाधीशको सरूवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन्।

सरुरूा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन्।