असोज १९, २०८० शुक्रबार

रियो दि जेनेरियो, १९ असोज: रियो दि जेनेरियो र बाह्य राज्यमा बिहीबार भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    रियो दि जेनेरियोमा बिहिबार बिहान बारा दा तिजुकाको पर्यटकीय समुद्री तटमा तीन जना चिकित्सकको गोली हानी हत्या गरिएको थियो ।  

    समाचारअनुसार कारमा आएका  तीन जना बन्दुकधारीले बाहिर निस्केर उनीहरूलाई गोली हानेका थिए । घटनामा तीन जनाको मुत्यु भयो अन्य एक जना घाइते भएका ।  आक्रमणकारीले एक जना चिकित्सकलाई भने स्थानीय मिलिसियाको सदस्य रहेको आशङ्कामा गोली हानेको हुन सक्ने बताइएको छ ।    
 
     यसैबीच एक गर्भवती र एक पाँच वर्षीय बालिकासहित एकै परिवारका छ सदस्यको पनि गोली हानी हत्या गरिएको छ । बिहीबार बिहान दक्षिण बायिहाको जेकी नगरपालिकास्थित उनीहरूको घरमा आक्रमण गरी बन्दुकधारीले गोली हानेको बताइएको छ ।   
    
    एक लाखको बसोबास रहेको सहरहरूमध्येको जेकी गत वर्ष ब्राजिलको सबैभन्दा हिंसात्मक सहर भएको थियो । त्यहाँ गत वर्ष प्रति एक लाख मानिसमा ८८ दशमालव आठ जनाको हिंसाबाट मृत्यु भएको थियो ।