कात्तिक २३, २०८० बिहिबार

युरोपेली सङ्घ (ईयू) को कार्यकारी शाखा, ब्रसेल्सले बुधबार सदस्य राष्ट्रहरूलाई युक्रेन र मोल्दोभासँग औपचारिक सदस्यता वार्ता गर्न र जर्जियालाई उम्मेदवारको दर्जा दिन सिफारिस गरेको छ । 

यो घोषणा रूसको आक्रमणको सामना गर्न कीभको लागि समर्थनको एक महत्वपूर्ण आधार भएको छ ।

यद्यपि, यस निर्णयमा ईयूका २७ नेताले डिसेम्बरमा हुने शिखर सम्मेलनको निर्णयमा हस्ताक्षर गर्न बाँकी छ । 

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भन्नुभयो, “आज ऐतिहासिक दिन हो । आयोगले परिषदलाई युक्रेन र मोल्दोभासँग विलय वार्ता खोल्न सिफारिस गरेको छ ।

युक्रेन र मोल्डोभाले औपचारिक रूपमा सुरु हुने मिति तोक्नुअघि नै थप सुधारको काम पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले आफ्नो कार्यपालिकाले मार्च २०२४ मा प्रगतिको बारेमा अद्यावधिक जारी गर्ने बताउनुभएको छ । 

भोन डेर लेयेनले भन्नुभयो, “युक्रेनले रूसको आक्रमणबाट उत्पन्न ठूलो कठिनाइ र त्रासदीको सामना गरिरहेको अवस्थामा युक्रेनीहरूले आफ्नो देशमा गहिरो सुधार गरिरहेका छन् । उनीहरूको अस्तित्वको युद्ध लडिरहेका छन् ।” 

युक्रेनले सन् २०२२ मा मस्कोको चौतर्फी आक्रमणपछिका दिनहरूमा युरोपेली सङ्घको हिस्सा बन्ने प्रयास सुरु गरेको थियो र सोही वर्षको जुनमा आधिकारिक रूपमा सामेल हुने उम्मेदवारको नामाकरण गरिएको थियो ।

त्यस समयमा आयोगले वार्ता सुरु हुनुअघि भ्रष्टाचार नियन्त्रण र कुलीन वर्गको शक्तिलाई नियन्त्रण गर्नेलगायत सात वटा सुधारका मापदण्ड पूरा गर्ने लक्ष्य राखेको थियो । 

भोन डेर लेयेनले युक्रेनले ९० प्रतिशतभन्दा बढी आवश्यक कदम चालेको बताउनुभएको छ । 

मस्कोले आफूलाई अस्थिर पार्न खोजेको आरोप लगाउँदै आएको मोल्दोभाले युक्रेनसँग एकै समयमा सामेल हुनका लागि आफ्नो सहमति दर्ता गरेको थियो । 

माल्दोभालाई सदस्यताका लागि प्रक्रिया पूरा गर्न गर्नुपर्ने सुधारबारे जानकारी गराइएको थियो । 

सरकारको नीतिगत दिशाको बारेमा चिन्ताको कारण जर्जियाले आफ्नो सदस्यतालाई अन्य दुई राष्ट्रसँग उम्मेदवारको दर्जा जित्न असफल भएको छ । 

तर आयोगले अन्य सुधारहरू लागू गर्ने समझदारीमा सामेल हुन अब यसलाई आधिकारिक उम्मेदवार बनाउनुपर्छ भनेको छ । 

डिसेम्बरमा आधिकारिक रूपमा उम्मेदवार बनेको बोस्निया वार्ता सुरु गर्न स्पष्ट समर्थन प्राप्त गर्न असफल भएको छ ।  

तर भोन डेर लेयेनले भन्नुभयो,“हामी सदस्यताका लागि धेरै विस्तृत तयारी थाल्छौँ र बोस्निया हर्जेगोविनालाई पनि निमन्त्रणा गछौँ ।”

“सदस्यताको लागि निःसन्देह रूपमा बोस्निया हर्जेगोभिनामा केही सुधार हुनुपर्दछ, परिणामहरू देखाउनु पर्छ, तर सदस्यताका लागि अब धेरै फराकिलोसँग ढोका खोलिएको छ,” उहाँले भन्नुभयो ।  

युद्धग्रस्त युक्रेनले वार्ता सुरु गरे पनि युरोपेली सङ्घमा सामेल हुन दशकौंसम्म नभएकोे सुधारको कठिन प्रक्रियाको सुरुआत युद्धका समयमा भएको छ । 

टर्कीले सन् २००५ मा एकीकरण वार्ता सुरु गरेको थियो । अल्बानिया, मोन्टेनेग्रो, नर्थ म्यासेडोनिया र सर्बिया पनि वार्तामा अड्किएका छन् ।