चिनियाँ उपप्रधानमन्त्री लिउ गुओझोङल र उहाँका मलेसियन समकक्षी बीच भेटवार्ता भएको छ । लिउले बिहीबार बेइजिङमा मलेसियाका उपप्रधानमन्त्री फडिल्लाह युसुफसँग भेटवार्ता गर्नुभएको हो ।
वार्तापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य समेत रहनु भएका लिउले यस वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले संयुक्त रूपमा चीन-मलेसिया साझा समुदाय निर्माण गर्ने महत्वपूर्ण सहमति गर्नु भएको बताउनुभयो। ।
यस किसिमको नयाँ द्विपक्षीय सम्बन्धको विकासले दुई देशको विकासको खाका कोर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
चीन र मलेसिया कृषि तथा मत्स्य स्रोतमा धनी भएको र कृषि तथा मत्स्यपालनको विकास र विस्तारका निम्ति दुवै पक्षले नीतिगत क्षेत्रमा सुदृढ सम्बन्ध विकास गर्दै कृषि उत्पादनको व्यापारलाई निरन्तरता दिनुपर्ने, खाद्य सुरक्षा र सहयोगलाई सुदृढ तुल्याउनुपर्ने धराणा राख्नु भयो ।
कृषि उत्पादनको व्यापारलाई निरन्तरता दिने, खाद्य सुरक्षामा आदानप्रदान र सहयोगलाई सुदृढ गर्ने, गरिबी न्यूनीकरणमा रचनात्मक नतिजा हासिल गर्ने तथा जनताको हितलाई संयुक्त रूपमा अभिवृद्धि गर्ने लगायतका लक्ष्य राखिएको उहाँले उल्लेख गर्नु भयो ।
यसैगरी फडिल्लाहले मलेसियाले चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग प्रगाढ बनाउन र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्यााउन मलेसिया इच्छुक रहेको बताउनुभएको छ ।