मंसिर ३, २०८० आइतबार

काठमाडौँ, ३ मङ्सिर : युरोकप २०२४ का लागि नेदरल्याण्ड्सले स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा आयरल्याण्डलाई १–० गोलले हराउँदै नेदरल्याण्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका लागि वोउट वेगरहस्टले एक गोल गरेका थिए । खेलको ११औँ मिनेटमा उनले गरेको गोल नै नेदरल्याण्ड्सका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै नेदरल्याण्ड्सले ७ खेलबाट १५ अंक बनाएको छ भने पराजित भएको आयरल्याण्डकाे ६ अंक छ ।