असार ५, २०७८ शनिबार

रिसायो बादल वर्षाको ओहिरो यो सिन्धु रुदैछ,
वारी र पारी सबै बाढी र पहिरो यो सिन्धु रुदैछ।

झरेर डाँडो गाउँ घर बगायो पापी त्यो दैवले,
भुकम्पले नि खन्यो खोइरो यो सिन्धु रुदैछ।

धुलाम्मे भयो हिलाम्मे भयो रुपरङगै उड्यो है,
पाखा र भित्ता लागेर कुहिरो यो सिन्धु रुदैछ।

पसेर बाढी बगायो बस्ति कत्ती जन बगाए,
झरेर पहिरो लाग्यो है धुइरो यो सिन्धु रुदैछ।