फागुन १७, २०७७ सोमबार

अञ्जु पोख्रेल /

हिजोआज आँखामा निन्द्रा कम अनि सपना ज्यादा  भएर होला रातको समय अक्सर  छटपटी मै बितिरहन्छ |  मनलाई राहत अनि आखालाई निन्द्रा को कामना गर्दै रात को धेरै समय  फेसबुक  इन्स्टग्राम स्क्रोल गरेरै व्यतित हुन्छ , साथमा युटुबले  दिएको साथ त छुटाउनै मिल्दैनन् | अचेल प्रविधिले हामिलाई कति माथि पुर्याएको छ | मन लागेको बेला आफुलाई मन परेका गित संगित सुचना मनोरंजन आदि आफ्नो इच्छा अनुसारले हेर्न सुन्न सकिन्छ | 

केहि बर्ष  अगाडी को कुरा हामी आफुलाई मनपर्ने गित संगित सिनेमा मेमोरी कार्डमा राखेर सुन्थ्यौ, त्यो भन्दा अगाडि कक्यासेट वा  सिडीको साहयता  लिनुपर्थ्यो |  कहिलेकाही मेमोरी कार्ड  फर्मेट हुदा यति पिडा हुदैन थियो अनि आफुलाई मनपर्ने कुरा डिलिट गर्न मन नलाग्ने नया कुरा अटाउन पुराना कुरा हटाउनु पर्ने कम्ति  झन्झट थिएन  | म आफै पनि यो झन्झट बाट खुब ग्रसित थिए | अचेल न मेमोरी कार्ड फर्मेट होला भन्ने पिर न फुल होला भन्ने डर ,  आफुलाई मन लागेको बेला सजिलै जुनसुकै कुरा हेर्न सुन्न सकिन्छ  | बच्चा देखि बूढाबुढीसम्म लाई समय कटाउने माध्यम बनेको छ युटयुब सरल र सहज भएको छ |      

रातको १२ \१ बजेको समय सुनसान रात प्राय  गीतको  लिस्टमा हिन्दि गजलहरुले मलाई औधि साथ दीइरहने | |  ब्याग्राउन्डमा बजिरहेको थियो  :  

 आजा रे आजा रे ओ मेरे दिलबर आजा ,

दिल कि प्यास बुझा जा रे …

मौसम यसै पनि चिसो गितले उसै   उक्साईरहेको थियो | जहिल्यै एक पछी अर्को हिन्दि गजल बज्ने क्रमलाई भंग्ग गरेर आज पुरानो  नेपालि गित बज्यो

 

नौ सय खोला तरेर जाने , बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि …….

 नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई बिर्सने पो हौ कि ………

 बादल ढाकेमा रोई रहेछु भनेर ठाने है , बाडूलकी लागेमा सम्झी रहेछु भनेर जाने है 

नौ सय खोला …...


   सुनिरहेको गित बजेको भए तेती ध्यान जादैन थियो तर सामान्य मात्रै सुनेको गीतका शब्दहरुले मलाई तान्यो अनि गायिकाको आवाजले त्यसपछि मैले गीतलाई रिपिट गरेरै सुने तारा देवीको आवाज कानमा धेरैबेर सम्म गुन्जिरहयो | त्यसपछि लगभग उनकैगित बजिरहे क्रमसः  साच्चिकै कहिलेकाही कुनै गीतका शब्दहरुले मन खुब छुन्छ अनि लाग्छ गीतकारले यो गित मेरै लागि लेखिदिएको हो | आखा मा निन्द्रा यसै पनि आउने वाला थिएन आखालाई कष्ट  दिदै गुगल सर्च गरे संयोग भनौ या के भनौ  माघ १२   गते  उनको स्मृति दिवस  पर्दोरहेछ|  

 मलाई आज भन्दा १५ वर्ष अघिको  माघ  १२ को याद  आयो अर्थात ( २०६२ माघ १२ )  साल महिना त याद थिएँन |  गुगल सर्च गरेसी याद आयो , जतिबेला म ३ कक्षामा पढ्ने फुच्ची केटि थिए | हुन  त म रेडियो टेलिभिजनको बिकास भईसकेको जमाना कै मान्छे हु | तर त्यो बेला रेडीयोमा पनि सिमित एफएम स्टेसन थिए , प्रायजसो रेडियो नेपाल नै सुन्ने चलन थियो | |  अहिलेको जस्तो रंगीन टेलिभिजन  हैन एउटा एन्टिना  बाट चल्ने  सादा टिभी जसमा नेपाल टेलिभिजन र बंगाली च्यानल गरि दुईवटा च्यानल आउथ्यो  | डयाडी इलेक्ट्रोनिक पसल गर्ने भएकाले हाम्रो  घरमै रेडियो टिभी  नै थियो | टिभी हेर्न गाउका थुप्रै मान्छे आउथे | कहिलेकाही ममीलाई काम सघाईदिन्थे अनी  केहीछिन टिभी हेछौ भन्ने गर्थे | 

सधैंजसो समाचार र बिभिन्न कार्यक्रम मात्रै दीइराख्ने रेडियो नेपालमा एक एक छिनमा गित बजिरहयो एक पछी अर्को गर्दै गित बजिरहयो | गित संगीत भनेसी म सानै बाट हुरुक्क हुन्थे रे , ठुलो ममी हरु अझै पनि भन्नुहुन्छ  म ४ /५ वर्षकि हुदैँखेरि खुब गित गाउथे रे , उहाहरु जादा खुब गित सुनाउथे रे , सानै देखि गित संगित भनेसी हुरुक्कै हुने स्कुलमा पनि सरले के के आउछ गर भन्दा सुरुमै गित गएर सुनाउथे , उसोत २ देखि ३ पटक सम्म सुनेसी मलाई प्राय सबै गित कण्ठ हुन्थे , जहिले समाचार मात्रै बजाउने रेडियोले यसरी छिनछिनमै गित बजईरहदा मलाई के चाहियो र ? त्यो दिन मैले धेरै गित हरु एक्कै साथ सुन्न पाएकी थिए  ….


 फुलको थुंगा बगेर गयो गंगाको पानीमा , कहिले भेट होला है राजै यो जिन्दगानीमा …….


शाघुरी वारि नि है यो धारा पानी गडतिर को हौ हजुर बालुवा , खरो है सुर्तिले  हौ बाड़ूलकी लाग्यो खानुहोस हौ हजुर मलुवा ….


उकाली ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा , सुन्दर ति दहहरुमा , पहाडका बिसाल छातीहरुमा जहा जहा जान्छौं तिमि म बाटो बनि पच्छ्याईरहंछु ……. 


सोचे जस्तो हुन् जीवन , सम्झे जस्तो हुन् जीवन , जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन् जीवन …...

कालिपारी दाई कति राम्रो ढाका टोपी कादैमा गलबन्धि …….   

  यी गीतहरु रेडियो मा खुब बजिरहे , म मख्ख परेर सुनिराहे  | उ बेला थाहा सम्म थिएन यी गित कस्ले गायको हो किन जहिल्यै समाचार मात्रै बजाउने रेडियोले आज गित मात्र बजायो भनेर मलाई ५  कक्षामा पुगेपछि मात्रै थाहा भयो  यी गित गाउने मान्छे मरिसकिन भनेर  | हाम्रो स्कुलमा बिहिबार टिफिन पछि सधै नाचगान हुनेगर्थ्यो त्यहाँ  गित गाउँन नाच्न पाईने भएकाले बिहिबार अरु दीन भन्दा खुब रमाईलो लाग्थ्यो , म गाउँन भनेसी सब भन्दा आगाडी सर्थे सरहरूले पनि मलाई खुब माया गर्ने म गाउँन थालेसी सबजाना वरिपरी बसेर सुन्नेगर्थे, मैले ७/८ कक्षासम्म खुब धेरै गाए तारादेवी का गीतहरु , शब्द भाव नबुझे पनि भाका टिपेर गाउन जान्दथे | आज उनै तारा देवी को स्वर्गबास भैईसकेको १५ वर्ष बितेछ | यो १५ वर्षमा धेरै कुराहरु बदलिए | त्यो बेलामा ३ कक्षा पढदै गर्दा तारा देवीका गित गाउने मान्छे आज म कहिकाही मात्रै उनका गित सुन्ने गर्छु किनकि अब म निक्कै ठुलि भैसके क्यार , एक बेला म उनका केहि गीत खुब सुन्ने गर्थे जतिबेला म  गहिरो प्रेम सम्बन्धमा थिए उनका गित मा यति दुब्थे कहिलेकाही त गित सुन्दासुन्दै आसु खस्थ्यो |  

तिम्रा पाउहरुमा म सधै झुकिरहंछु 


 फुलै फुलको मौसम तीमिलाई , तारा जुन को रमझम तिमीलाई मेरो माया हरदम तिमीलाई …..


तिमीलाई हासेर बिदा मात्रै दीई सकेथे , आसु झरी सकेछन म तिनलाई पुछ्न थाले

तिमि मलाई छोडी गैसकेको  मात्र के थियौ तिमि फर्कने दिन म हतारिदै गन्न लागे …..


 धेरै जनाको जन्मदिनमा शुभकामना भरि हरेक स्वास मा तिम्रो दिर्घायुको कामना गर्न सकु म … यो गित धेरैलाई सुनईरहन्थे , कहिलेकाहीँ अझै पनि सुनाउने गर्छु | 

 त्यो बेला खुब सुनेका गित हुन् , हरेक कुराको एउटा बेला हुन्छ सायद ,जस्तो कि त्यो बेला रेडियो मा गित कुनबेला आउछ र सुन्न पाईन्छ जस्तो हुन्थ्यो , आज तिनै गित मलाई मन लागेको समयमा सुन्न सक्छु | प्रविधिले हामीलाई खुब सरल र सहज बनाईदिएको छ तर हामि आफ्नै दैनिकीमा  तल्लिन छौ | अझ हाम्रो पछाडिको पुस्तालाई हेर्छू उनिहरु प्रति पुराना कुराकों लागि समय छैन , बच्चाहरु जन्मेको केहि समय मै अंग्रेजी माध्यमका कविताहरु र कार्टुन देखाएर  भुलाउने परिस्थिति आएको छ  | बच्चालाई बोलि फुट्न साथ अंग्रेजी सिकईन्छ |  उ बेला हामी   “तारा बाजी लै लै माईजु अईंन  डोली पापा ल्याईन  सोली “ भनेर गाउदा कति फुरंग हुन्थेउ , चि मुसी चि मुसाले खायो धान भनेर गाउथेउ , त्यो पनि नेपालि  किताबमा लेखिएको  हुन्थ्यो साथिभईहरु संग कसले राम्रो संग्ग लय हालेर गाउँन  सक्छ  भनेर प्रतिस्पर्धा हुन्थ्यो  क्या समय थियो |  


उ बेला ३ कक्षा पड्दादेखि तारा देवी का गित सुन्ने  सुनाउने म आज स्नातोकोत्तर तर्सो सेमिस्टरमा अध्ययान गर्दैछु , जिन्दगीका २३ औ बसन्तको प्रहर सकिनै  लाग्दा आज मलाई 

फेरी यो गितले आफ्नो बाल्यकालमा फर्काइदियो | 

तारा देवीको स्मृति दिवसले  संघार मै आएकोले तँन  मनले  सम्झने प्रयत्न  गरे | 

उनि गतिलो बाहाना बनिन यी दुवै कुरा सम्झनको  लागि |

  (तारादेवीको   प्रेमविवाह भएको थियो। उनका पति हवाइचालक थिए। दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे। तारादेवीका जवान छोरा शशि  क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति  पनि  हवाई दुर्घटनामा  परि स्वर्गीय भए।  जागीर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै  पुत्रवियोग र फेरि त्यसको त्यस पछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए।  त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो। उनले वि.सं. २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन्।त्यसपछि भने तारा देवीले नेपालि संगीतलाई एउटा धरातलमा पुर्याईन | उनले बिबिध पुरस्कारहरुले सम्मान समेत भइन | जिन्दगीमा आईपरेका बाधा र अड्चनहरुलाई झेल्दै उनले नेपाली संगीतलाई एउटा उचाईमा पुर्याउने काम गरिन | ) 

तारा देविका हरेक गित भित्र भाव छन् , समर्पण छन् ,हरेक शब्द र संगीतले न्याय पाएको छन , बास्तव मै यस्ता महान श्रस्टालाई देख्न नपाउने हामि कति अभागी पुस्ता हौ जस्तो लाग्छ | हामि संग यस्ता श्रस्टालाई सम्झने फुर्सद सम्म छैन , हुन पनि  हो थरिथरिका गित संगीतहरु आएका छन् , जतिबेला जहाँ भन्यो जुन भन्यो त्यहि गित सुन्न हामी संग्ग आफ्नो गोजीमा अट्ने मोवाईल छ , इन्टरनेट छ तर , पुराना नेपालि संगीत प्रति को चाह छैन  धेरैले त् यस्ता रुन्चे गित पनि गाउने सुन्ने हो  समेत भन्न भ्याउछन |

 त्यो  बेला मा गित संगीत खुब मनपर्थ्यो , स्कुलमा कार्यक्रम हुदा सबैले तैले गाउनु पर्छ भन्दा कम्ति खुशी लाग्दैनथ्यो , पुरस्कार पाउथे , कसैले ड्याडीममीको अगाडी तपाईको  छोरीले साह्रै राम्रो गाउदी रैछे भंदिदा भुईमा खुट्टा हुदैनथ्यो| भबिस्यमा एउटा कुशल कलाकार बन्छु जस्तो लाग्थ्यो | अचेल  उमेर संगै धेरै कुरा बदलिए कहिलेकाही गुनगुनाउने गर्छु , कोहि नजिकको साथीहरुले सुन्ने मन गरे  भने सुनाउने गर्छु | पहिलो पटक घर बाट निस्किदा सुरुमा सानो खोल्सी तरेकी थिए , त्यसपछि नदि तरे , सानो खोल्सी तर्दा सपना सानै थिए , नदि पार गर्दै जादा अझै ठुला ठुला नदीहरु थपिदै गए ,थुप्प्रै डाडाकाडा र पाहाडहरुले  थिच्दै र किच्दै गए | त्यसैले चाहानाहरुले बाटो  अन्तै मोडे | 

उमहुम , जीवन सोचेजस्तो   नहुदो रहेछ | 

  बास्तव मै समय धेरै बदलिसकेको छ , हामी मध्ये  धेरैले उकालि ओरालीहरु बिर्सिसकेका छौ , बिकासको नाममा धेरै भन्ज्याङ र चौतारीहरु भत्की सकेका छन्  दहहरु  मासिसकेका छन् | 

नौ सय खोला तरेर जानेहरु मध्ये  कतिको प्रतीक्षा  पुरा भयो  , त कति  काठको बाकसमा फिर्ता भए संगै प्रतिक्षाको दियो निभेर गयो | 

ढाका टोपीले बेला मौका मा शिर को स्पर्श पाउने गर्छ  तर गलबन्दीले काधको स्पर्श बिर्सिसक्यो | 

कति फूलका थुंगा बगेको स्वच्छ  गंगाको पानी प्रदुशित बनेरे ढल गन्हाउने भैसक्यो | 

साच्चिकै , जीवन सोचेको देखेको जस्तो छदै छैन …..

आज तारा देवी हामी माझ छैनन् , जीवन भोगाई संघर्षले परिपक्क भएर एउटा उचाई हासिल गरेर उनि संसार बाट बिदा भएको १५ वर्ष बितेछ | तर आज पनि उनको आवाज  मेरो कानमा बेला बेला नै सहि गुन्जिने गर्छ | उनि नरहे पनि एउटा जीवन बाचेर  स्वर र संगीतको माध्यबाट जीवित भएको आभास भैईराहन्छ| 
अरुबेला फुर्सद नभए पनि उनको स्मृति दिवसमा अधिकाश एफएमहरुले उनलाई पुन: एक पटक सम्झिनेछन  , उनका कोकिल कन्ठका सुमधुर गित बजाउने छन  |  र फेरी एक पटक तारा देवी लाई अमर बनाउने छन  | 

अनेकौ , सुख दुख , आसु हासो सम्हालेर ,सोचेको देखेको र रोजेको   जिन्दगि बाचेर  यो संसारमा  मृत्यु पछी  जसरि तिमिलाई  सम्झिरहेछु त्यसैगरी  मलाई पनि  कसैले सम्झने पात्र  बन्न सक्छु कि सक्दिन  थाहा छैन !

(स्वर किन्नरी तारादेवीको सम्झनामा लेखिएको ब्लग)