दु:खी हुन्नँ, लगाऊ तिमी पराईलाई सिन्दुर बधाई दिउँला ।
भित्र राखी सधैंभरि दुःख, बाहिरी रूपमा रमाइदिउँला ।
अतीतका कुरा पोख्दै नपोख्नू प्रीय, अब मेराअघि
फल्ने-फुल्ने तिम्रो जिन्दगीमा, यसो नजर सघाइदिउँला ।
हरेक समस्याको समाधान सजिलै हुन्थ्यो पहिले
समाधान नखोजी जोड्यौ सम्बन्ध, यो मुटु जलाइदिउँला ।
मेरो मायामा के कमी भयो र राख्यौ मृत्युको अवसर
ठिकै छ ! खुशी हुनू खराब मेरो भाग्य, चित्त बुझाइदिउँला ।
एक समय थियो, म विना यो जिन्दगी अधुरो भन्ने
सकियो त्यो समय, बलियो मैले प्रणाम पठाइदिउँला ।
आधा जिन्दगी गयो, तिम्रो झुटो माया प्रेमको प्रतीक्षा गरेर
अब के छ र बाँकी, जिन्दगी जलाई खरानी बगाइदिउँला ।