मंसिर ५, २०८० मंगलबार

कञ्चनपुर, ५ मङ्सिर ः कृष्णपुर नगरपालिका–१ स्थित वुडर– नालय सडकमा पर्ने ओदाल खोलामा पुल निर्माणको कार्य शुरु गरेको आठ वर्ष बित्नै लागेपनि अझै निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र अवस्थामा  । निर्धारित समय भित्रै पुल निर्माणको कार्य नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । वर्षातका बेला स्थानीय बासिन्दाले जोखिम मोलेर बाढी आएको खोला तर्नु पर्ने बाध्यता छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस