असार ७, २०७८ सोमबार

फाइल तस्बिर

आज विश्व सङ्गीत दिवस मनाइँदै छ । सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । 
अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको छ ।
नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसका अवसरमा नेपाल साङ्गीतिक सङ्घले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र सङ्गीतसम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत स्रष्टाहरूलाई सम्मानसमेत गरिने गरिन्छ ।