मंसिर १३, २०८० बुधबार

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । 

घरेलु मैदानमा गएराति भएको खेलमा पोर्चुगिज टोली पोर्टोलाई २–१ गोलले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।


बार्सिलोनाका जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक–एक गोल गरेका थिए । यस्तै पोर्टोका लागि पेपेले एक गोल गरेका थिए ।

यो जितसँगै समूह ‘एच’ मा रहेको बार्सिलोना ५ खेलबाट १२ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित भएको पोर्टो ९ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै ९ अंक नै भएको शख्तर डोनेस्स तेस्रो स्थानमा छ ।