मंसिर १५, २०८० शुक्रबार

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।  हिजो राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको हो। 

एलपी ग्यासको मूल्य भने बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ। 

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा,  सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपालय डिपो आसपासका लागि १७० रुपैयाँ पर्ने छ।

डिजेल र मट्टितेल भने १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ तोकिएको छ।