सागर बेल्बासे/सौरभ न्यौपाने
देशको राजनितिमा विधि र नियतको प्रश्न उठ्नु नौलो विषय होइन । हरेक सरकारका बिपक्षी, शुभचिन्तक बौद्धिक र आमनागरिकले विधि र नियतको केन्द्रीयतामा सरकार चल्नु पर्ने वकालत गर्छन । तर किन हाम्रा दल र दल निकट नेताहरु विधि र नियतको उल्टो बाटो हिड्छन प्रश्नयोग्य विषय छ रु यस्तै यो प्रश्न केपि ओलिले नेतृत्व गरेको सरकारमा अझ बढी चर्किएको छ ।
अहिले देशमा केपि शर्मा ओलिको नेतृत्वमा सरकार छ। यो समयमा कोरोना भाइरस फैलिन नदिने,कम गर्ने र जनतालाई कसरी बचाउने भनेर तिव्र रुपमा नितिगत एजेन्डा ल्याउन पर्ने हो। जनतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हो। कोरोनाले विश्वभरी नै संकट देखा परेको छ। यो समयमा एकले अर्कोलाई सहयोग गर्दै अघि बढ्ने समय हो। तर राजनीति खिचातानी फसेका यी सत्ताधारी र प्रतिपक्षिदल नै सत्ता राजमा लागिरहेका छन्।
पिसिआर , खोप, खरिद गर्दा समेत भ्रष्टाचार गरेको खबर बाहिरिदा पनि सरकार मौन रहनु कतिको जायज हो। नेपाली जनताको स्वास्थ्य माथि खेलवाड गरेको सोत्त बुझ्न सकिन्छ, जो नीति निमयका कुरा गर्छन् । खोप खरिदमा भ्रष्टाचार , अक्सिजन खरिदमा भ्रष्टाचार अझ भन्ने हो भने अनुदान आएका अक्सिजन सिलिन्डर कोहि मन्त्रि फोटो टालटुल गर्नमा ब्यस्त कोहि सांसद अक्सिजन सिलिन्डर घरमै गोदाम बनाएर राख्न मै ब्यस्त छन्। बिर्टेनको संसद भवन भित्र नेपालको कोभिडको बारेमा कुरा उठ्दा हाम्रो संसद भवन भित्र कुरा नउठ्नु कस्तो बिडम्बना। हामी अझै पनि राष्ट्रनायक प्रचण्ड केपि बा, शेरबहादुर दाइ भन्दै हिडिरहेका छौं।
लोकतन्त्रमा विधिको धेरै नै महत्त्वपूर्ण हुन्छ। जनताको शासन होस भनेर नै लोकतन्त्र ल्याइएको हो। तर विडम्बना यहाँ विधिलाई नै कुल्चेर लोकतन्त्र नै संकटमा पारिएको छ। अमेरिका,इटाली,भारत,फ्रान्स जस्ता देशहरुमा जनतालाई भन्दा देशको अर्थतन्त्रको बढी चिन्तन गर्नाले त्यहाँका लाखौं जनतालाई कोरोना लागेको छ । भने हजारौं मानिसहरुले आफ्नो ज्यान गुमाउनुपरेको छ। यदि हामीले साच्चै लोकतन्त्रलाई सम्मान गर्छौ,भने यस्ता महामारीको समयमा अर्थतन्त्र भन्दा पनि जनताको सेवा गर्न अघि सरौं।
वर्तमान अवस्थामा जनताले तिव्र रुपको विकास खोजी रहेका छन। अमेरिका,चीन र युरोप जस्ता देशहरुमा हेर्ने हो भने उदाहरणीय कामहरु गरि रहेका हुन्छन। तर हाम्रो देशमा दीर्घकालीन विधि नभएकै कारण र समयमा हुनुपर्ने योजना सकाउन नियतको खडेरी लागेको कारणले समयमा काम सम्पन्न हुदैन ।
खासमा समस्या कुन कुरामा छ भन्दा , समस्या बिधिको शासनमा समस्या छ, समस्या अदालतमा समस्या छ,समस्या अदालत भित्रका न्यायाधीश को क्षेमतामा समस्या छ, समस्या राजनिती दलमा समस्या छ, समस्या जताततै छ। अझ भन्ने हो भने समस्या योग्यतामा छ, विधिकोशासनमा समस्या छ, र समस्या जबाफदेहितामा छ। यी कुरामा समाधान नगरे सम्म हाम्रो सिस्टममा परिवर्तन आउनै सक्दैन ।
विधि र नियम बनाउने तर कुल्चने हो भने हाम्रो पुस्ताले पनि युरोपमा भए जस्तो विकास देख्न पाउने छैनन् । विधीलाई सम्मान गरेर हिड्न सक्ने नियत हुनुपर्छ । अनिमात्र दुर्तगतिमा विकास हुन्छ ,अमनचयनं कायम हुन्छ सहि समयको सहि सदुपयोग हुन्छ । अब काङ्ग्रेस र कम्युनिस्ट को जस्तो १७औ, १८औ २०औ शताब्दीको राजनितीले देशमा निकास पाउदैन । अब चौथो पुस्तालाई समेटेर लाने राजनिती दल चाहिएको हो।
राजनीतिलाई राज गर्ने हैन, जनताको सेवक बन्ने नेतृत्व चाहिएको हो। हिजो राजा र राणाहरु निकै शक्तिशाली हुँदा , आफ्नो इच्छा मन मर्जिले देश चलाउदा समेत आज पतन भएर गए भने हामी त अहिले लोकतन्त्रको बाटोमा छौ । आफ्नो स्वार्थ र अहंकारको बाटो रोज्दैमा कदापि धेरै समय सम्म टिक्न सकिदैन । त्यसैले बिधिलाई सम्मान गरेर हिड्न सक्ने नियत हुनुपर्छ ।
जब सम्म आफ्नो नेताको अन्धभक्त कार्यकर्ता बन्नु हुन्छ तब सम्म राजनीति र देशको हालत बिग्रदै जानेछ । चाहे त्यो कांग्रेस , एमाले , माओवादी र वैकल्पिक शक्ति भन्ने नयाँ पार्टीहरु नै किन नहोस् । पुराना दलहरु बिग्रदै जानुको मुख्य कारण नै नेताहरुले आफैले बनाएको विधि कुल्च्ने र नियतको खडेरी लागेका नेताको अन्धभक्त कार्यकर्ताले जयजयकार गर्नाले हो। त्यसैले राजनीतिमा लागेका नयाँ पुस्ताले आफ्नो नेताको चाकरी गर्ने बानी छोड्नुपर्छ हैन भने अब आउने हामी पछिको पुस्ताले पनि विकसित नेपाल भएको देख्न पाउने छैन ।
आफुलाई वैकल्पिक शक्ति हु भन्ने नयाँ पार्टीहरुले यो समय सरकारलाई हेरेर धेरै कुराहरु सिक्न सक्नुपर्छ । वैकल्पिक शक्ति सुधार केन्द्र जस्तो होस् । पुराना दलबाट आउने कार्यकर्ताहरुलाई विधिलाई सम्मान गरेर हिड्न सक्ने सफा नियत बनाउनु पर्छ । युवा पुस्तालाई पार्टी अघि बढाउन दिनुपर्छ । बाहिर चिल्ला कुरा गर्ने , भावनात्मक कुरा गर्ने तर आन्तरिक रुपमा एकले अर्कोलाई गाली गर्ने , आफ्नो नेताको चाकरी गर्ने , आफ्नो नेताको आलोचना कसैले गरेको सहन नसकेर आफ्नो नेताको बचाउ मात्र गर्ने हो भने पुराना दलमा भएको लाजनिती जस्तै हुन्छ र भोलि सरकारमा हुँदा समेत यस्को असर सत्तामा देखिने छ ।
विधि र नियतले नडोरिने राजनीति दुर्घटनाको बाटो उन्मुख रहन्छ । व्यक्तिकेन्द्रीत सोचले न आफुलाइ न अरुलाइ बनाउछ । म नियतको सफा छु त्यसैले यो मैले बनाएको विधि नमाने पनि केही हुन्न सोच्ने हो भने नियत बिग्रदै जान्छ । त्यसैले विधि र नियतमा अडिएर व्यक्तिकेन्दृत सोच हटाउदै अघि बढ्नुमा नै बुद्दिमता छ ।
लेखक सागर बेल्बासे विवेकशील साझा युवा सङ्गठन केन्द्रीय सचिवालय सदस्य हुन् भने सौरभ न्यौपाने विवेकशील साझा पाटिका युवा नेता हुन्।