मंसिर १८, २०८० सोमबार

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । आइतबार राति भएको खेलमा नापोलीलाई ३–० गोलले हराउँदै इन्टरले सहज जित हात पारेको हो ।

इन्टरको जितका लागि हाकान काल्हानोग्लु, निकोलो बरेला, मार्कुस थुरमले एक–एक गोल गरेका थिए । पहिलो हाफको ४४औँ मिनेटमा सुरुवाती गोल गरेको इन्टरले दोस्रो हाफको ६१औँ र ८५औँ मिनेटमा दुई गोल थप्दै ३–० को जित निकालेको हो ।

यो जितसँगै १४ खेलबाट ३५ अंक बनाएको इन्टर मिलान लिग तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको नापोली २४ अंकसहित पाँचौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको ३३ अंक छ ।