मंसिर २२, २०८० शुक्रबार

काठमाडौँ, २२ मङ्सिर : नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । 

     दशरथ रङ्गशाला मैदानमा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस खेलसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ । समान खेल खेलको झापाको भने ३ अङ्क छ । 

    सोही प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ  दोस्रो खेल काठमाडौँ रेन्जर्स र बुटवल लुम्बिनी आमनेसामने हुनेछन् । दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजे हुनेछ ।